काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से करिब १५ अंक बढेको छ।
बुधबार ९२.१६ अंक बढेर २५०७.७० विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा १४.८० अंक बढेर २५२२.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ३.४४ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १५ कम्पनीको ८१ लाख ३१ हजार ४२ रुपैयाँ ९० पैसा बराबरको ६ हजार १२१ कित्ता सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।