काठमाडौं– कृषि विकास बैंकको वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ। सभाले बैंकले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर तथा १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने अजेन्डा पारित गर्नेछ। यस्तै, अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।
साथै, बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन हुनेछ। यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसमेत छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
सभा कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभा गर्न बैंकले पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।