काठमाडौं– अफगानिस्तानको काबुल शहरको पसलहरूको ‘साइनबोर्ड’मा महिलाका तस्बिर प्रयोग गर्न नपाइने भएको छ।
तालिवान सरकारले काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डमा रहेका महिलाका सबै तस्बिर हटाउन नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको छ।
टोलो न्युजलेका अनुसार सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका तस्बिरहरू साइनबोर्डबाट हटाइन थालिएको छ।
काबुलमा सौन्दर्य सैलूनका मालिकहरूले तालिवानको उक्त निर्णयको आलोचना गरेका छन्। उनीहरुले सरकारलाई आफ्नो व्यवसायमा प्रतिबन्ध नलगाउन पनि आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।