• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अन्तर्राष्ट्रियकरण भो फुजेल घटना : राष्ट्रसंघीय समितिको कठघरामा सरकार!

64x64
दुर्गा दुलाल बुधबार, पुस ७, २०७८  २१:५६
1140x725
द्वन्द्वकालमा माओवादीबाट मारिएका कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी, फाइल तस्बिर

काठमाडौं– माओवादीको दशक लामो सशस्त्र द्वन्द्वका बेला (गैरसरकारी पक्ष) माओवादीबाट मारिएका गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी (हत्या) प्रकरणमा सरकारी पक्षबाट अनुसन्धान नभएको भन्दै अन्तर्राष्ट्रियकरण भएको छ। एड्भोकेसी फोरमको पहलमा अधिकारी  हत्यामा भएको अनुसन्धान अपर्याप्त भएको भन्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिमा उजुरी गरिएको छ। गत १४ सेप्टेम्बरमा परेको उजुरीमा अधिकारीको हत्यामा सरकारी पक्षले अनुसन्धान गरेकोमा धेरै गम्भीर प्रश्नहरु उठेको दाबी गरिएको छ। 

गोरखाबाट चितवन आएका एक 'निर्दोष र द्वन्द्वसँग कुनै साइनो नभएका' विद्यार्थी अधिकारलाई सुराकी गरेको आरोपमा माओवादीले नियन्त्रणमा लिइ अमानवीय रुपमा हत्या गरेको उजुरीमा उल्लेख छ। राज्य पक्षले अनुसन्धानको क्रममा केही व्यक्तिहरुलाई सीमित प्रश्न र एउटै उत्तर आउने गरि मात्र सोधपुछ गरेको उजुरीमा दाबी गरिएको छ। माओवादीले नियन्त्रणमा लिएका अधिकारीलाई चितवनको एक पोल्टी फर्ममा राखेर यातना समेत दिएको, तर प्रहरीले उक्त विषयको अनुसन्धान नै नगरेको पनि उजुरीमा उल्लेख छ। 

सन् २०११ देखि प्रहरीको अनुसन्धान  र अदालती प्रक्रियामा पेस भएका सबै विवरणहरु संकलन गर्दै एड्भोकेसी फोरमका तर्फबाट अन्तर्राष्ट्रिय रुपमा उजुरी परेको अधिकारकर्मी मन्दिरा शर्माले जानकारी दिइन्। अनुसन्धानका क्रममा ३ जना मात्र अपहरणमा संलग्न रहेको भनेर उल्लेख गरिएको र त्यसमध्ये २ जना मरिसकेको तथा १ जना विदेशमा रहेको भनी यो प्रकरणलाई ढाकछोप गरेर समाप्त गर्न लागेपछि पीडितको आवाजका लागि अन्तर्राष्ट्रियस्तरमा पुर्‍याइएको शर्माले बताइन्। 

किटानी जाहेरीमा समेत नाम उल्लेख भएका एक आरोपी रुद्र आचार्य आयरल्याण्डमा भएको, तर उनलाई ल्याउन ठोस पहल सरकारका तर्फबाट नभएको देखिएको उजुरीमा जिकिर गरिएको छ। त्यस्तै, नेपालमा अधिकारीका आमा–बुवा नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी लामो समय न्यायका लागि अनसन समेत बसेको, बुवा नन्दप्रसादको अनसनकै क्रममा मृत्यु भएको विषयलाई समेत उजुरीमा उल्लेख गरिएको छ। 

लामो समय अनसनमा बसेपछि गंगामायासँग सरकारले मानव अधिकार आयोगको उपस्थितिमा सहमति गरेको, तर उक्त सहमतिअनुसार रुद्र आचार्यलाई नेपाल ल्याउन सरकारका तर्फबाट ठोस पहल नभएको उजुरीमा उल्लेख छ। त्यस्तै, नेपालले वेलायत राजदूतावासलाई पत्र पठाएको, तर उक्त कुराको जानकारी आयरल्याण्डसम्म नपुगेको अवस्था र सरकारले त्यसलाई थप चासो र गम्भीरतापूर्वक लिने कार्य नगरी न्याय पाउने अधिकारसमेत हनन गरेको पनि उजुरीमा उल्लेख छ। सरकारले अनुसन्धानका क्रममा लिएको सबै व्यक्तिको बयान एउटै हुनु र ठोस प्रमाण अदालतसम्म नपुग्ने कार्य भएकाले नेपालमा अधिकारी परिवारले न्याय पाउन नसकेको जिकिर उजुरीमा गरिएको छ।  

अनसनका क्रममा गंगामाया र नन्दप्रसादलाई मानसिक अस्पताल भर्ना गर्दै सरकारी अधिकारीहरुले हाइ डोजको औषधी सेवन गराउने, हात बाँध्ने र राज्यको निकायमा रहेकाहरुले नै 'पागल' भनि मानसिक यातना समेत दिने कार्य गरेको उजुरीमा उल्लेख छ। राज्यको नियन्त्रणमा सबै विवरण हुदाँहुँदै पनि पीडितले नेपालमा न्याय पाउने अवस्था नभएकाले अन्तर्राष्ट्रिय रुपमा आउन परेको पनि उजुरीमा उल्लेख गरिएको छ। 

उजुरीकर्तालाई प्रश्न सोधियो, अब सरकारलाई सोधिने 
अधिकारी हत्या प्रकरणको सम्बन्धमा उजुरी आएपछि संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले त्यसलाई प्रष्ट पार्न उजुरीकर्तालाई केही प्रश्न सोधेको थियो। 

समितिले मुद्दाको विषयमा थप प्रष्टता आवश्यक रहेको भन्दै उजुरीकर्तालाई गत २ डिसेम्बरमा पत्र लेख्दै केही प्रश्नहरु सोधेको थियो। समितिको पत्रको जवाफ फोरमले दिइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रश्नको जवाफमा फोरमले गंगामायाले श्रीमान समेत गुमाएको र न्याय पाउने हक तथा प्रभावकारी अनुसन्धान हुने हक समेत गुमाएको बताएको छ। 

यो घटनाको अनुसन्धान मानव अधिकार समितिले तोकेको मापदण्डभित्र नभएको, पटक–पटक अनुसन्धानका क्रममा राजनीतिक हस्तक्षेप भएको र राज्यले संगठित रुपमा अनुसन्धान नगरेको दाबी उजुरीमा गरिएको छ। यातना, ज्यानसम्बन्धी अधिकार, विस्थापित हुनुपर्दाको अवस्था लगायतका दाबी उजुरीमा गरिएको छ।  

उजुरीकर्ताको तर्फबाट जवाफ प्राप्त भएपछि समितिले अब नेपाल सरकारलाई प्रश्न सोध्ने तयारी गरेको छ। अधिकारकर्मी शर्माले समितिले अब छिट्टै सरकारलाई प्रश्न सोध्ने बताइन्। 

राज्यले यो अवधिमा किन प्रभावकारी अनुसन्धान गर्न सकेन? गरेको भए कसरी गर्‍यो? उजुरीमा उठाइएका प्रश्नहरुमा किन अनुसन्धान हुन सकेन? भनेर समितिले सरकारलाई प्रश्न गर्ने जनाइएको छ। 

सरकारले जवाफ दिएपछि मानव अधिकार समितिले यसमा थप अनुसन्धान गर्ने कि नगर्ने निर्णय लिने छ। 

उजुरी दिएको २ महिनापछि मानव अधिकार समितिले उजुरीकर्तालाई प्रश्न गरेकाले छिटै सरकारलाई पनि प्रश्न गर्न सक्ने शर्माले बताइन्। नेपालबाट हालसम्म मानव अधिकार समितिमा १६ वटा मुद्दा पुगेका छन्। त्यसमा समितिले आफ्नो धारणा दिएको छ। मानव अधिकार समितिले अन्तर्राष्ट्रिय विज्ञहरु संलग्न भएको समिति निर्माण गर्ने र महासन्धीको उल्लंघन भए/नभएको अनुसन्धान गरि यो मुद्दामा पनि नेपाल सरकारलाई निर्देशन दिनसक्ने अधिकारकर्मी शर्माको भनाइ छ। 

के हो फुजेल घटना? 
२०६१ जेठ २४ मा चितवन, रत्ननगरमा रहेका हजुरबुवा र हजुरआमालाई भेट्न आएका बेला गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो। तत्कालीन विद्रोही माओवादीले हत्याको जिम्मा लिएको थियो।

कृष्णका दाजु र बाबुले हत्याविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। लामो समयसम्म जाहेरीमाथि कुनै कारबाही भएको थिएन। 

छोराका हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्तिले अनसन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले अनुसन्धान पूरा गरेपनि मुद्दा चल्ने/नचल्ने विषयमा विवाद भयो। उक्त प्रकरण महान्यायाधिवक्ता कार्यालयसम्म आइपुगेको थियो।  

त्यसैबीच, २०७० चैत ३० गते १३ जनालाई विपक्षी बनाउँदै मुद्दा दायर भयो। अदालतले पहिलो सुनुवायमै सबै आरोपितलाई धरौटीमा रिहा गरेलगत्तै उक्त प्रकरण पुनः विवादमा पर्‍यो। उक्त प्रकरण सर्वोच्चसम्म आइपुगेको थियो। 

सर्वोच्चले एक अभियुक्तलाई थुनामा राखी मुद्दाको सुनुवाइ अघि बढाउने आदेश गरेपछि रोकिएको मुद्दा पुनः सुरु भएको थियो। तर, सुनुवाइ सुस्त गतिमा भएको र पति नन्दप्रसाद अधिकारीको पनि अनसनकै क्रममा मृत्यु भएपछि गंगामाया अधिकारीले वीर अस्पतालमै अनसन सुरु गरिन्। 

उनको अनसन लम्बिँदै गएपछि सरकार केही लचिलो हुँदै सम्झौताका लागि तयार भयो। तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले गंगामायाको अनसन तोडाएका थिए।

त्यसको केही दिनपछि एक अभियुक्त, छबिलाल पौडेलले आत्मसर्मपण गरेका थिए। सर्वोच्चले थुनामा राख्न भनेर आदेश गरेका उनले सरकारसमक्ष आत्मसर्मपण गरेका थिए। उनी भेटिएपछि जिल्ला अदालतमा उक्त मुद्दाको सुनुवाइ सुरु भयो। जिल्लाले किटानी जाहेरी दिने कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीलाई उपस्थित हुन आदेश गर्‍यो।

घटनाका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य भने फरार थिए। गंगामायाको अनसन तोड्ने क्रममा तत्कालीन कानुनमन्त्री तामाङले राष्ट्रिय मानव अधिकार आयोगका तत्कालीन अध्यक्ष अनुपराज शर्मालाई साक्षी राख्दै २०७५ असार २९ गते गरेको सहमतिमा आचार्यलाई नेपाल झिकाइ मुद्दाको किनारा लगाउन मद्दत गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए।  

गंगामायासँगको सहमतिअनुसार कानुन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत आचार्यलाई नेपाल झिकाइ दिन सम्बन्धित देशलाई पत्राचार समेत गरेको थियो। तर, उनी नेपाल नल्याउँदै जिल्ला अदालत चितवनले मुद्दाको फैसला सुनाइसकेको थियो। जिल्ला अदालतले सबै प्रतिवादीलाई सफाइ हुने फैसला सुनाएपछि त्यसविरुद्ध उच्च अदालतमा पुनरावलोकन निवेदन समेत परेको थियो। 

उच्च अदालत पाटनको हेटौंडा इजलासले पनि २०७७ चैत २९ गते सफाइ दिने फैसला सुनायो।न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हो। 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर... मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई ह... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्