काठमाडौं– लिबियाको निर्वाचन बोर्डले यस हप्ताको राष्ट्रपति चुनाव एक महिना पछि सार्न सुझाव दिएको छ।
उच्च राष्ट्रिय निर्वाचन आयोग (एचएनईसी)ले बुधबारको विज्ञप्तिमा जारी गर्दै २४ जनवरीसम्म सार्न सुझाव दिएको हो।
निर्वाचन प्रक्रियाको निरीक्षण गरिरहेको आयोगले शुक्रबार पहिलो चरणको राष्ट्रपति चुनाव मूल निर्धारित समय अनुसार हुन असम्भव भएको बताएको छ।
‘प्राविधिक, न्यायिक र सुरक्षा प्रतिवेदनहरू परामर्श गरेपछि २४ डिसेम्बर २०२१ को मितिमा निर्वाचन गराउन सम्भव रहेको जानकारी गराउँछौं,’ समितिका अध्यक्ष अल हादी अल-सगीरले भने।
संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको वार्तामा लिबियाली द्वन्द्वरत पक्षहरू २४ डिसेम्बरमा राष्ट्रिय निर्वाचन गर्न सहमत भएका थिए।
तेलका लागि धनी मानिने उत्तर अफ्रिकी राष्ट्र लिवियामा सन् २०१४ पछि पहिलो पटक राष्ट्रिय निर्वाचन हुने वातावरण बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।