भारत- भारतको मद्रास हाइकोर्टको भर्चुअल सुनुवाइका क्रममा एक महिलाका साथ 'अन्तरंग' देखिएका वकिल निलम्बनमा परेका छन्। आरडी संथाना कृष्णन नामका वकिललाई भारतका सबै अदालत ट्रिब्यूनल्स र अथोरिटिजमा अभ्यास गर्न रोकिएको छ।
तमिलनाडु र पुडुचेरीको बार काउन्सले यो घटनालाई लिएर एक प्रेस विज्ञप्ति जारी गरेको छ। जबसम्म उनीविरुद्ध लागेको अनुशासनको कारबाही पूरा हुँदैन, तबसम्म उनी अभ्यास गर्न पाउने छैनन्।
पोर्टफोलियो जज पीएन प्रकाश र आर हेमलताले संथाना कृष्णनका विरुद्ध अदालतको अपहेलनाको कारबाही सुरु गरेका छन्। उनीहरुले वकिलका विरुद्ध सीबी-सीआईडी विङलाई केस दर्ता गरेर छानविन गर्नसमेत आदेश दिएका छन्। जाँचको रिपोर्ट २३ डिसेम्बरसम्म बुझाउन निर्देशित गरिएको छ। साथै, तमिलनाडु बार काउन्सलाई समेत उनविरुद्ध अनुशासनात्मक कारबाही गर्न आदेश दिइएको छ।
सुनुवाइका समयमा एक महिलासँग शारीरिक सम्पर्कमा रहेको अवस्थामा उनी भिडियो कन्फ्रेन्समा देखिए थिए। त्योबेला न्यायाधीश कुनै मुद्दाको सुनुवाइ गरिरहेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। हटाउनका लागि प्रहरीलाई आदेश दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।