• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

...परालको आगोमा किन महिला मात्र पोलिने?

64x64
धनु विश्वकर्मा आइतबार, पुस ११, २०७८  ०७:०४
1140x725

बाजुराकी सुनिता विक (नाम परिवर्तन) को २०६० सालमा विवाह भयो। विवाह हुँदा १३ वर्षकी मात्र थिइन्। १५ वर्ष पुग्दा उनी आमा बनिसकेकी थिइन्। सुदूरपश्चिमका दुर्गम पहाडी क्षेत्रमा बालविवाह हुने र उमेर नपुग्दै आमा बन्ने उनी एक्ली होइनन्। अझै पनि धेरै किशोरीको ज्यान जोखिममा परिरहेकै छ।

तर, अहिले बताउन लागिएको विषय यो होइन। प्रसंगले आएको मात्र हो। अहिलेको विषय यो हो कि– जोखिम लिएर आमा हुने र पुरुषलाई बाबु बन्ने अवसर दिने महिला किन हिंसामा परिरहन्छन्? ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो भन्दै’ किन त्यो आगोमा महिलालाई मात्र पोलिन बाध्य बनाइन्छ?

यसरी नै लामो समय आगोमा पोलिएर आफ्नो चिच्याहट दबाउने सुनिताको कथा हो यो। उनले आफ्नो आवाज रोक्न सक्ने जति प्रयास गरेकी थिइन्। जब असह्य भयो, उनी चिच्याइन। विद्रोह गरिन्।

यसो गर्नु पक्कै सहज थिएन। उनी असहज परिस्थिति चिरेरै अगाडि बढेकी छिन्।

उनले प्रेम विवाह गरेकी हुन्। दुवैजना एउटै विद्यालयमा पढ्थे। पढ्दापढ्दै माया बस्यो। अनि भागेर बिहे गरे।

घर सदरमुकाम मार्तडीमा नै भए पनि आर्थिक अवस्था राम्रो छैन। तर, दुःख खेपेरै उनले एसएलसी उत्तीर्ण गरिन्। उत्पीडित समुदायबाट एसएलसी उत्तीर्ण गर्नु चानचुने विषय थिएन। खासमा दलित समुदायका विद्यार्थी माध्यमिक तहसम्म पुग्नु नै आश्चर्यको विषय हुने समय र समाज थियो। उनले ती सबै पीडा पन्छाएर पढिन्।
उनको त्यहाँभन्दा पनि अगाडि पढ्ने सपना थियो । घरमा सासूसहित तीन जना थिए। सुरुमा त श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रै थियो। श्रीमान् पनि काम गर्थे। बिस्तारै रक्सी पिएर आउन थाले। अनि त्यो क्रम बढ्दै गयो। पछि त यसरी पिउन थाले कि, काममा जानै छाडिदिए।

बिहान खाना खाएर घरबाट निस्किन्थे। दिनभरि कहाँ हुन्छन्, सुनिताले थाहा पाउने कुरै भएन। साँझ खस्नेबित्तिकै रक्सीले मात्तिएर आउँथे। अनि, आँगन टेक्नासाथ जथाभावी गाली गर्न थालिहाल्थे। 

पढ्ने रहर औधी थियो। उनी आईएमा भर्ना भएकी थिइन्। पढाइ सजिलो हुन्छ भनेर एउटा गैरसरकारी संस्थामा काम थालिन्। त्यहाँबाट हुने आम्दानीले परिवार रेखदेख पनि सहज हुनथाल्यो। उनी ‘अगुवा दलित महिला’ बनेर सामाजिक कार्यमा सक्रिय हुन थालिन्।

Ncell 2
Ncell 2
nimb
nimb

सुनिता समाजमा हिंसामा परेका महिलाबारे बोल्थिन्। गोष्ठहरूमा त्यस्ता महिलाका पीडाबारे चर्चा गर्थिन्। तर, हरेक दिन घर फर्किएपछि उनी आफैँ घरेलु हिंसामा पर्थिन्। हरेक दिन श्रीमानको पिटाइ सहनुपर्थ्यो। 

नशामा मात्तिएका श्रीमानको हिंसाबाट बच्न उनले धेरैपटक छोराछोरीसहित राति घर छाडेकी छिन्। अर्काको पिँडीमा कठ्याङ्ग्रिएर रात काटेकी छिन्। ‘मैले धेरै नै सहेँ। अति नै भएको हो। तर, उसलाई छाडेर हिँड्न खोइ केले रोक्यो?’ उनी भन्छिन्, ‘घरमा बुढी सासू थिइन्। समय बित्दै जाँदा तीन छोराछोरी भए। त्यसै छाडेर हिँड्न सकिनँ।’

उनले नियम–कानुन थाहा नपाएर हिंसा सहेकी थिइनन्। आफ्नो अधिकारप्रति सचेत थिइन्। तर, वृद्ध सासू र कलिला केटाकेटीप्रतिको जिम्मेवारी थियो। ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो भन्थे। त्यो आगो निभ्दै निभेन। पोलिरह्यो,’ कुराकानीकै क्रममा उनी गम्भीर भइन्।

उनले भोगेको हिंसा छरछिमेकले पनि बुझेका थिए। आफन्तलाई थाहा थियो। बरु उल्टै ‘सहनुपर्ने’ सल्लाह दिन्थे। कतिले पँधेरामा कुरा गर्थे, ‘महिला भएपछि यति त सहनुपर्छ। नत्र त घरबार बिग्रिहाल्छ नि।’

त्यहीबीचमा उनी महिला अधिकार संरक्षण सम्बन्धी गैरसरकारी संस्थाको बाजुरा जिल्ला अध्यक्ष भइन्। तर, आफ्नै घरभित्र उनकै अधिकार सुरक्षित थिएन।

उनी ‘अधिकारकर्मी’ भइसकेकी थिइन्। अनेक कार्यक्रममा पुग्थिन्। समाज बसेको ठाउँमा जान्थिन्। झैँझगडा मिलाउन भूमिका खेल्थिन्। न्यायका लागि पहल गर्थिन्। बाहिर जाँदा उनलाई पनि चिटिक्क परेर हिँड्न मन लाग्थ्यो। तर, थकित भएर घर फर्किँदा साँझ श्रीमानको रडाको सुरु हुन्थ्यो। उनको चरित्रमै प्रश्न उठाउँथे। ‘दिनभरि कोसँग कहाँ गएर आइस्?’ भन्ने प्रश्न त सामान्य थियो। अरुलाई सुनाउनै नसक्ने शब्दहरू प्रयोग गर्थे।

‘म अरुका श्रीमानलाई सम्झाउथेँ। बुझाउथेँ। तर, आफ्नै श्रीमानलाई बुझाउन सकिनँ,’ उनी भन्छिन्, ‘राति ढुक्कसँग बिरलै सुत्न पाइयो। एक पटक त हाँसीले नै हाने। मैले छेक्दा औँला काटिए। प्रेम गरेर बिहे गरेको थिएँ, एक दिन त मन फिर्ला भनेर सहिरहेँ।’ 

अहिले पनि उनको शरीरभरि खत छन्। अनुहारमा दाग प्रष्ट देखिन्छन्। उनीसँगै उनका छोराछोरीले पनि यातना सहनुपरेको थियो। ‘बाउ घरमा पसेपछि छोराछोरी पनि बास खोज्न घरबाट निस्किनुपर्थ्यो,’ उनी भन्छिन्।

बुढी सासूसँग गुनासो गर्दा ‘यो जँड्याहा यस्तै हो’ भन्थिन्। सासूले भनिरहने एउटै कुरा थियो, ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो?’ तर, परालको आगोजस्तो किन निभ्दैन त? यसको उत्तर सासूसँग थिएन। न त उनी आफूसँगै थियो।

एकपटक त मातेर आएका श्रीमानको पिटाइबाट हातका औँला मर्किए। खाना बनाउनसमेत नसक्ने भइन्। अनि, माइत गइन्। तर, श्रीमान् फकाउन आउँदै आएनन्। उल्टै खबर पठाए, ‘आफैँ गएकी होस्, फर्किएर आए घर छ।’ अनि आफन्तले पनि भने, ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो हो।’

छोराछोरी बढ्दै जाँदा उनीहरू सहारा बन्ने आशामा थिइन्। तर, दिन कहिल्यै जाँदैन थियो। कहिले त छोराछोरी नै आजित भएर ‘बुवासँग अलग भएर बसौँ’ पनि भने। उनले पो हिम्मत गर्न सकिनन्। ‘खोई केले रोक्यो?’ फेरि उही कुरा दोहोर्‍याइन्।

सधैँभरि आगोलाई छोपेर राख्ने सकिँदैन। एक दिन उनले श्रीमानसँग छुट्टिने निर्णय गरिन्। उनले हिम्मत गरिन्। अनि, श्रीमानलाई उनकै संसारमा छाडेर घरबाट निस्किइन्। उनीसँगै छोराछोरी पनि निस्किए।

त्यति हुँदा पनि उनले कहाँ सुख पाएकी छिन् र! समाजले त झनै बढी कुरा काट्न थालेको छ। तर, उनी आफ्नो यात्रामा बढिरहेकी छिन्। उनको संघर्ष जारी छ।

दूरदराजका कुनामा महिला हिंसा खेप्ने सबैको कथा सुनिताको जस्तो पक्कै हुँदैन। पीडा उस्तै छ, तर विद्रोह गर्ने हिम्मत छैन। बोलिदिने समाज छैन। ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ उखानकै कारण धेरैले हिंसा सहेर बस्नुपरेको छ।

अब महिलालाई हिंसा सहन बाध्य बनाउने यी उखान, यो भाष्य र भाषासमेत बदल्नुपर्नेछ। सुनिता अहिले त्यही अभियानमा छिन्।

उनी थाकेकी छैनन्।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्