काठमाडौं- म्यानमारमा मूल्यवान पत्थरको उत्खनन स्थलमा पहिरो जाँदा कम्तिमा पनि ७० जना वेपत्ता भएका छन्।
उत्तरी म्यानमारमा एक जेड माइनिङ (मूल्यवान पत्थर उत्खन) स्थलमा पहिरो जाँदा उनीहरु बेपत्ता भएको बीबीसीले जनाएको छ।
कचिन राज्यको हपाकान्त क्षेत्रमा बुधबार स्थानीय समय अनुसार बिहान ४ बजे पहिरो गएको थियो।
घटनास्थलमा बचाउ अभियान जारी रहेको छ। पीडितमा धेरै जसो अवैध रुपमा खन्ने कार्यमा संलग्न रहेकाहरु रहेको जनाइएको छ।
म्यानमार जेड (गहनामा प्रयोग हुने हरियो पत्थर) का लागि विश्वको सबैभन्दा ठूलो स्रोत हो। तर, बिगत केही वर्षयता उत्खननका क्रममा यस्ता कयौं दुर्घटना भएका छन्।
हपाकान्तमा जेड माइनिङमाथि प्रतिबन्ध छ, तर स्थानीयहरु रोजगारीको कमी र कोभिड-१९ पछि बिग्रिएको आर्थिक अवस्थाका कारण जोखिम मोलेर काम गरिरहेका छन्।
केही दिन पहिला हपाकान्तमा एक जेड ब्लकमा भूस्खल हुँदा १० जना वेपत्ता भएका थिए।
२०२० मा हपाकान्तमा भएको एक दुर्घटनामा १६० भन्दा धेरै मानिस मारिएका थिए।
म्यानमारमा जेडको व्यापार हरेक वर्ष ३० अर्ब डलरको हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।