काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।
मंगलबार ५६.७३ अंक बढेर २४१५.५५ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.५० अंक बढेर २४२५.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत २.८७ अंक बढेको छ।
आजको प्रि ओपन सेसनमा १८ कम्पनीको १७ लाख ३२ हजार ९९३ रुपैयाँ १० पैसा बराबरको २ हजार २७३ कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये १७ कम्पनीको सेयरमूल्य बढेको छ एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।