काठमाडौं– हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते २१औं वार्षिक साधारण सभा डाकेको छ। सभाबाट कम्पनीको नाममा दर्ता कायम रहेको ब्लु ओक नामक ट्रेडमार्क प्रयोग गरी अन्य उद्योगबाट समेत उत्पादन तथा बिक्री वितरण गर्ने सम्झौता स्वीकृत गर्ने, सञ्चालक समितिमा रहने ५ जना सञ्चालक सदस्य चयन गर्ने, कम्पनीको चुक्ता पूँजी वृद्धि भएअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित हुनेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।