• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

विदेशिने नेपालीको संख्या बृद्धि हुँदा पनि किन बढ्न सकेन रेमिट्यान्स?

64x64
सुमित्रा कार्की बुधबार, पुस ७, २०७८  १२:१५
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको सुरुआतबाटै विदेशबाट मुलुकमा भित्रिने रेमिट्यान्स घट्दै आएको तथ्यांकले देखाएको छ। तर, यही समयमा विदेशिने नेपालीको संख्या भने उल्लेख्य रूपमा बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिना (साउन-कात्तिक)मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.५ प्रतिशतले घटेर तीन खर्ब १२ अर्ब ४२ करोड रूपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स ११.२ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत- नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या अघिल्लो आवको तुलनामा बढेर ९६ हजार ३८२ पुगेको छ। 

अघिल्लो वर्षको यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भइ ५९ हजार ७२३ पुगेको तथ्यांक छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो।

किन घट्दै छ रेमिट्यान्स? 
पछिल्लो समय रेमिट्यान्स घट्नुको मुख्य कारण कोरोना महामारीको प्रभाव रहेको बताइएको छ। महामारीका कारण बन्द भएको आर्थिक क्षेत्र विस्तारै चलायमान भएका कारण यसको प्रभाव रेमिट्यान्समा देखिएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। 

उनी भन्छन्, ‘कोरोनाको कारण बन्द व्यवसाय खुल्यो। विदेशमा रहेका नेपालीहरु पनि नेपाल आवतजावत गर्न थाले। विदेशबाट आउने/जाने मान्छेको संख्यामा बृद्धि भयो। यसले गर्दा जो मान्छेले पैसा पठाउँदथे, उनीहरू अहिले आफैं आवतजावत गरिहेका छन्।’ विदेशबाट आउँदा पैसा पठाउनेभन्दा सामान ल्याउने क्रम बढ्दा त्यसको असर रेमिट्यान्समा देखिएको उनको भनाइ छ।

पछिल्लो समय विदेशबाट आउने यात्रुले सुन तथा अन्य विलासिताको सामान ल्याउनेक्रम बढ्दो रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका एक कर्मचारी बताउँछन्। विदेशबाट आउने नेपालीले महँगो सामान ल्याउने गरेका कारण पनि रेमिट्यान्समा असर परेको राष्ट्र बैंकको बुझाइ छ।

यता भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ३ बमोजिम नेपाल सरकारले २०७७ जेठ १५ गतेदेखि लागू हुनेगरी जारी गरेको ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश’मा भएको सुन तथा सुनको गहना ल्याउन पाउने व्यवस्थालाई कतिपय यात्रु तथा सुनको अवैध कारोबारमा संलग्न व्यक्तिहरूले दुरुपयोग गरेको पाइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यससम्बन्धी व्यवस्थाको प्रभावकारी अनुगमनका लागि अर्थ मन्त्रालय र मातहतको भन्सार विभाग तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७८ मंसिर १३ गतेदेखि विशेष निगरानी थालेको थियो।

जसमा विभागले मंसिर १३ गतेदेखि २६ गतेसम्म दुई हप्ताको अवधिमा दुई हजार ५२ यात्रुले आफ्नो साथमा ल्याएका ९४ केजी सुनलाई राजस्व तिराउने प्रयोजनमा  ल्याएको थियो। यसरी आयातित सामान ल्याउने क्रमले पनि रेमिट्यान्समा केही समस्या देखिएको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ। 

नेपालमा बाहिरबाट आउने रेमिट्यान्स घट्नुको अर्को कारण हुण्डीको व्यवसाय बढ्नु हो। पछिल्लो समय हुण्डीको कारोबार बढेको पूर्वगभर्नर चिरञ्जीवी नेपाल बताउँछन्। उनी भन्छन्, ‘पछिल्लो समय नेपालमा हुण्डीको व्यवसाय मौलाउँदो छ। जसले गर्दा रेमिट्यान्स घटेको छ। यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले अनुगमन तथा अनुसन्धान गर्न आवश्यक छ।’

विदेशिने नेपालीको संख्या बृद्धि हुँदा पनि रेमिट्यान्स घट्नु भनेको प्रभावकारी नीति तथा व्यवस्था नभएको पूर्वगभर्नर नेपालले बताए। नियामक निकायको सक्रियता प्रभावकारी नहुँदा हुण्डीको कारोबार मौलाउन पुगेको उनको भनाइ छ। 

यता राष्ट्र बैंकका अधिकारीहरू भने रेमिट्यान्स घट्दो क्रममा रहेपनि आत्तिनुपर्ने अवस्था नभएको दाबी गर्छन्। राष्ट्र बैंकका एक अधिकारीले अन्य आर्थिक गतिविधि सुस्त भएको कारण पछिल्लो समय तरलतामा दबाब परेको बताए।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो । मंगलबार, असार २, २०८३
८ अंक घट्यो सेयर बजार आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुप... बिहीबार, जेठ २८, २०८३
नेप्से २०.२७ अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति बुधबार, असार ३, २०८३
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल बुधबार, असार ३, २०८३
प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई बुधबार, असार ३, २०८३
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति बुधबार, असार ३, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्