बेइजिङ- सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ। सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औसत आयु १० वर्षमा करिब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले मङ्गलबार जानकारी दिएको छ।
चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा (२०११-२०२०) को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, 'विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको भावना नाटकीय रूपमा बढेको छ।'
अनिवार्य शिक्षामा लिङ्गको अन्तर समाप्त भएको छ। प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्ना दर सन् २०१५ देखि लगातार छ वर्षसम्म ९९.९ प्रतिशतभन्दा बढी रहेको छ जुन केटाहरूको दरजस्तै छ।
विगत एक दशकमा रोजगारीका लागि नीतिगत सुधार र व्यवसाय सुरु भएसँगै महिलाका लागि रोजगारीको माध्यम विस्तार भएको छ। कर्मचारीतन्त्रमा महिलाको सङ्ख्या पनि निरन्तर बढेको देखिएको छ। गत वर्ष सहरी कार्य एकाइहरूमा ६७.७९ करोड महिला कर्मचारीहरू थिए र यो सन् २०१० देखि ३९.५ प्रतिशत थियो।
रिपोर्टअनुसार हाल चीनको कूल रोजगारको ४३.५ प्रतिशत महिला छन्। एक दशकको अवधिमा लैङ्गिक समानता र महिलाको सर्वाङ्गीकरण विकासलाई अघि बढाउन ऐतिहासिक प्रगति भए पनि कतिपय क्षेत्रमा महिला अधिकार र हितको संरक्षण अझै बलियो बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।