काठमाडौं– टर्कीमा विषाक्त रक्सीका कारण थुप्रै व्यक्तिको मृत्यु भएपछि टर्की प्रहरीले अवैध र बुटलेग रक्सीविरुद्ध सोमबार नयाँ राष्ट्रव्यापी अभियान सुरु गरेको छ।
टर्की गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रहरीले ८१ प्रान्तहरूमा अवैध र बुटलेग रक्सीविरुद्ध ‘विष २’ अपरेसन सुरु गरेको छ जुन गत हप्तादेखि जारी दोस्रो राष्ट्रव्यापी अभियान हो।
‘विष’ र ‘विष २’ अपरेसनमा १०० भन्दा बढी संदिग्धलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ।
अवैध रक्सी सेवनबाट पछिल्लो १० दिनमा ४५ जनाको मृत्यु भएपछि बुटलेग मदिरा देशमा गम्भीर चिन्ताको विषय बनेको छ।
गत वर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।