काठमाडौं– इरानले साउदी अरबसँग थप वार्ता उसले देखाएको गम्भीरतामा निर्भर हुने बताएको छ।
मध्यपूर्वका दुई शक्तिशाली राष्ट्र साउदी अरब र इरानबीचको प्रत्यक्ष वार्ता यसै वर्ष सुरु भएको छ। विश्व शक्तिहरूले यो वार्तामार्फत् इरानसँगको आणविक सम्झौतालाई बचाउँदै यमनमा युद्ध अन्त्य गर्न लागेका छन्। त्यसका लागि संयुक्त राष्ट्र संघले प्रयास गरिरहेको छ।
विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले सोमबार पत्रकार सम्मेलनमा भने, ‘हामी साउदी अरेबलाई कूटनीतिक र राजनीतिक अडान लिन र अन्य देशको मामिलामा हस्तक्षेप नगर्ने नीतिलाई सम्मान गर्न आग्रह गर्दछौं। यो क्षेत्रको लागि एक मात्र बाटो हो।’
साउदी अरबले सन् २०१६ मा इरानसँगको सम्बन्ध तोडेको थियो। साउदी अरबले अहिलेसम्म वार्तालाई सद्भावनाको रूपमा वर्णन गरेको छ। अक्टोबर दुई देशबीच दूरी कम भएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।