• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

३१ वर्षदेखि लालपुर्जाविहीन बनेका बाँदरझुलाबासीको माइतीघरमा धर्ना

64x64
धनु विश्वकर्मा मंगलबार, पुस ६, २०७८  ०९:१३
1140x725

काठमाडौं– चितवनको माडी नगरपालिकामा पर्ने बाँदरझुलाका कृष्णबहादुर दर्जी आठ वर्षअघिसम्म आफ्नो घरजग्गाको कर तिर्थे। उनले अन्तिम पटक २०७० चैतमा तत्कालीन अयोध्यापुरी गाविसलाई घरधुरी कर ५० रुपैयाँ तिरेका थिए। तर, उनको हातमा उक्त जग्गाको लालपुर्जा भने छैन।

उनी लालपुर्जा माग्दै काठमाडौँ आइपुगेका छन्। उनले कर तिरेका रसिद र अन्य कागजपत्र पनि साथै ल्याएका छन्। यसपटक लालपुर्जा लिएरै जाने उनको अठोट छ।

बाँदरझुलाकै अर्की स्थानीय शोभा आचार्यले पनि आठ वर्षअघिसम्म घर–जग्गाको कर तिरेकी थिइन्। तर, जग्गाको लालपुर्जा भने उनीसँग पनि छैन। अब जग्गाको लालपुर्जा नलिइ घर नफर्किने उनी बताउँछिन्।

बाँदरझुलाका कृष्णबहादुर दर्जीले तिरेको करको रसिद।

अहिले उनीहरूजस्तै लालपुर्जाविहीन बाँदरझुलाबासी जग्गाको लालपुर्जाका लागि आन्दोलन गर्न काठमाडौँ आएका छन्। बाँदरझुला संघर्ष समितिकी संयोजक पनि रहेकी आचार्यकै नेतृत्वमा बाँदरझुलाबासी काठमाडौँ आएका हुन्।

बाँदरझुलाका २० महिलासहित ३७ जना काठमाडौँ आएका छन्। उनीहरू कम्बल, ब्लाङ्केट र अन्य लत्ताकपडासहित आएका छन्। हरेक दिन धर्नाका लागि माइतीघर पुग्छन्। उनीहरू आन्दोलनकै लागि संघीय राजधानी आइपुगेका हुन्।

माइतीघरमा पाँच दिन धर्ना बस्ने र त्यति हुँदा पनि मागको उचित सुनुवाइ नभए आन्दोलन सशक्त बनाउने संयोजक आचार्य बताउँछिन्। उनीहरू आइतबारदेखि धर्नामा बसेका हुन्। ‘हामीलाई काठमाडौँको चिसो खान मन छैन। हाम्रो समस्या चाँडो समाधान होस्,’ उनी भन्छिन्, ‘हामीलाई वर्षौँदेखि आश्वासन दिने र भुलाउने काम मात्र भयो। यसपटक लालपुर्जा लिएरै मात्र फर्किने गरी आएका हौँ।’

बाँदरझुलामा २०१८ सालमा सरकारले नै बसोबास गराएको स्थानीय बताउँछन्। उक्त ठाउँसमेत समेटेर २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भयो। यो नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो।

२०३६ सालमा यहाँबाट बस्ती उठाइएको थियो। यो ठाउँमा २०४७ सालमा पुनः बस्ती बस्यो। बाँदरझुलालाई २०५३ सालमा मात्र मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मध्यवर्ती क्षेत्र घोषणापछि पुनः यहाँबाट बस्ती सार्न पटक–पटक प्रयास गरियो। तर, स्थानीयले मानेका छैनन्। निकुञ्जले निकुञ्ज क्षेत्रमा लालपुर्जा दिन नमिल्ने जनाउँदै आएको छ। तर, स्थानीयले भने आफ्नो जग्गा समेटेर निकुञ्जले मध्यवर्ती क्षेत्र घोषणा गरेको भन्दै विरोध गरिरहेका छन्।

उक्त बस्तीमा बिजुली छैन। विकासका अन्य भौतिक पूर्वाधार पनि बनेका छैनन्। न सडक छ, न त स्वास्थ्य चौकी नै। त्यहाँ जग्गामा ट्याक्टर लगाएर जोत्न पनि पाइँदैन।

बाँदरझुलामा चेपाङ, तामाङ, दलित र अन्य गैरदलित गरेर ६२५ घरधुरी छन्। त्यहाँको जनसंख्या लगभग ३५ सय रहेको स्थानीयको भनाइ छ। उनीहरू बाँसको कटेरो बनाएर बसेका छन्। बस्तीलाई नै मध्यवर्ती क्षेत्र घोषणा गर्दा समस्या भएको वडा सदस्य जागुराम प्रजा बताउँछन्।

अहिलेसम्म हरेक सरकारलाई ज्ञापनपत्र बुझाए पनि आफ्नो माग सुनुवाइ नभएको संघर्ष समिति संयोजक आचार्य बताउँछिन्। अब बाँदरझुलाबासीले माग पूरा नभएसम्म ‘नो भोट’ अभियान गर्ने उनको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि ज–जसले चुनाव जिते ती सबैले लालपुर्जा दिने आश्वासन दिएको उनी बताउँछिन्। ‘पछिल्लो चुनावमा प्रचण्डले पनि लालपुर्जा दिने भनेर भोट मागेका हुन्। अब त अर्को चुनाव पनि आउन लाग्यो, तर लालपुर्जा पाइएन,’ उनी भन्छिन्, ‘२०४७ सालमा जन्मिएको मान्छे आज बाबुआमा बनिसके। हामीले के भनेर सन्तानलाई जवाफ दिने?’ ३१ वर्षसम्म राज्यले आफूहरूमाथि अन्याय गरेको उनी बताउँछिन्।

राज्यले नै बस्ती बसाएर लालपुर्जा नदिई आफूहरूलाई सुकुम्बासी बनाएको स्थानीयको गुनासो छ। सुकुम्बासी समाधानका लागि पटकपटक आयोग बने पनि आफूहरूको गुनासो नै नसुनेको उनीहरू बताउँछन्।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी बैंकले आज एक एड्भाइजरी जारी गर्दै अनलाइन ठगीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानबारे जानकारी गराएको हो। राष्ट्र बैंकको वित्तीय जानका... शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली श्रेष्ठको घर पुगेको थियो। प्रहरी उच्च स्रोतका अनुसार कार्यालयका एसए... शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ र... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्