काठमाडौं– मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन्। मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएको सरकारी प्रकोप नियन्त्रण विभागले जानकारी दिएको छ। मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भइरहेको छ। वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएको जनाइएको छ।
यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ। यसबाट यहाँका धेरैजसो नागरिक प्रभावित भएका बताइएको छ। यहाँका करिब सात प्रान्त बाढीबाट प्रभावित भएका छन्।
राजधानी क्वालालम्पुरमा समेत बाढीको प्रकोप देखिएको छ। राजधानी क्लालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरुले जनाएका छन्।
यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन मौसम विभागले सूचना जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।