काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्। अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसके त्यहाँ मानवीय संकट पैदा हुन सक्ने उनको भनाइ छ। ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहयोग गर्न आग्रह गरेका हुन्।
अहिले पनि अफगानिस्तानमा ठूलो संकट परेको बताउँदै उनले समयमै यसको समाधानको उपाय नखोज्ने हो भने यसबाट थप संकट निम्तन सक्ने जनाएका छन्।
गत अगष्ट १५ सम्म अफगानिस्तानको करिब आधा जनसंख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट वैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उनले आगामी दिन अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताएका थिए।
तालिबान शासन सुरु भएपछि यहाँको अवस्था झनै नाजुक बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै उनले सहयोगका लगि आग्रह गरेका हुन्। वैदेशिक सहायताका लागि उनले विश्व समुदायको ध्यानाकर्षणसमेत गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।