काठमाडौं- उत्तर कोरियाका पूर्व नेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १० औं पुण्यतिथीको अवसरमा ११ दिनसम्म शोकको घोषणा गरिएको छ। शुक्रबार शोकको घोषणा गर्दै उत्तर कोरियाले आफ्नो नागरिकलाई हास्न, रक्सी पिउन र किनमेलका लागि ११ दिनको प्रतिबन्ध लगाएको छ।
उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनए वाचका अनुसार किम जोङ इलको सम्मानमा पूरै देशले उनलाई शान्तपूर्ण श्रद्धाञ्जली दिने छ। यस समय गाडी र ट्रेनलाई हर्न बजाउन निषेध गरिएको छ।
टेलीग्राफ युकेको एक रिपोर्ट अनुसार देशमा कसैले हास्न पाउने छैनन्। मनोरञ्जनको गतिविधी पनि गर्न पाउने छैनन्।
एक उत्तर कोरियालीका अनुसार यी ११ दिनमा कसैको मृत्यु भएमा रुनसमेत अनुमति छैन र शवलाई राष्ट्रिय शोक पछिमात्र घरबाट निकाल्नु पर्ने समाचारमा जनाइएको बीबीसीले उल्लेख गरेको छ। यस अवधिमा जन्मदिनसमेत मनाउन प्रतिबन्धित छ।
१७ डिसेम्बर दिउँसो पूरै देशमा एक साथ साइरन बजाइएको थियो र मानिसहरु तीन मिनेटका लागि कुमसुसान दरबारको दिशामा उभिएर इललाई श्रद्धाञ्जली दिएका थिए।
किम जोङ इलको मृत्यु २०११ डिसेम्बर १७ मा भएको थियो। उनको मृत्युको दुई दिनसम्म कुनै आधिकारीक घोषणा गरिएको थिएन। दुई दिनपछि सरकारी सञ्चारमाध्यममा यसबारे घोषणा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।