काठमाडौं– चिलीका वामपन्थी नेता गेब्रियल बोरिक राष्ट्रपति बनेका छन्। हालै सम्पन्न निर्वाचनबाट ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित भएको समाचारहरुमा उल्लेख छ।
उनी दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।