काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
फाइनान्स सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश रहेको छ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।