• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अधिकारविहीन बनेका प्रधानन्यायाधीश राणा आन्दोलन छल्दै किन गइरहेछन् सर्वोच्च अदालत?

64x64
दुर्गा दुलाल सोमबार, पुस ५, २०७८  ०९:३५
1140x725

काठमाडौं– नेपाल बार एसोसिएसनको आन्दोलन सुरु भएदेखि जमघटहरूमा कमै मात्र जाने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा केही दिनअघि पारिवारिक भेलामा सरिक भए। त्यहाँ आफन्तहरूसँग उनले सर्वोच्च अदालतमा चलिरहेको विवादबारे दिल खोलेर कुरा गरेका थिए। त्यतिबेला राणाले बार एसोसिएसनको भन्दा पनि सहकर्मी न्यायाधीशहरुको आन्दोलनले आफू अप्ठ्यारोमा परेको बताएका थिए।

बारको आन्दोलन सम्हाल्न सक्ने अवस्थाकै भए पनि सहकर्मी न्यायाधीशहरूको आन्दोलन गम्भीर भएको उनले बताएका थिए। राणाको भनाइ उधृत गर्दै जमघटमा सहभागी एक व्यक्तिले भने, ‘न्यायाधीशहरूलाई आफूले सन्तुष्टी दिन नसकेको कारण आन्दोलन भएको उहाँको भनाइ थियो।’ नेपाल लाइभसँगको कुराकानीमा पनि राणाले सर्वोच्चका न्यायाधीशहरूलाई ‘सन्तुष्ट’ बनाउन नसक्दा असहयोग भएको बताएका थिए।

राणा अहिले राजीनामा पनि नदिने र इजलासमा पनि नबस्ने ‘रणनीति’मा छन्। उनी अदालत गएर प्रशासनिक काम र विगतमा गरेका फैसला लेखन गरिरहेका छन्। पछिल्लो समय उनी सर्वोच्चमा हाजिर गरेर केही समय बिताएपछि निवासतिर फर्किने गर्छन्।

नेपाल बार एशोशिएसनले कात्तिक ११ गतेदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ। आन्दोलन सुरु भएको दुई महिना पुग्न लाग्दा सर्वोच्च परिसरमा बारले धर्ना कार्यक्रम जारी राखेको छ। राणा पनि सर्वोच्च पुग्ने र फर्किने गरिरहेका छन्। बार र प्रधान न्यायाधीशको ‘लुकामारी’ अझै केही समय चल्ने देखिन्छ।

बारको आन्दोलन चलिरहेकै समयमा प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसिएको छ। गोलाप्रथाबाट पेसी तोकिने भएपछि कात्तिक ७ गतेबाट बेञ्च बहिस्कार गरेका न्यायाधीशहरू एक महिना सात दिनपछि इजलासमा फर्किसकेका छन्। तर, उनीहरूले राणालाई भने प्रधानन्यायाधीशको रूपमा स्वीकार गरेका छैनन्।

राणा गोलाप्रथामा संलग्न पनि भएका छैनन्। उनी संलग्न भए उनको इजलास आफूहरूले ‘सेयर’ नगर्ने न्यायाधीशहरुको सामूहिक निर्णय छ। आन्दोलन शुरु हुँदा केही दिन आफ्नो एकल इजलासबाट मुद्दाको सुुनुवाइ गरेका राणाले पछिल्लो समय आफूलाई पेसी तोकेका थिएनन्। मंसिर १५ गतेबाट गोला प्रथा लागू भएपछि उनी मुद्दा सुनुवाइको प्रक्रियावाट पूर्ण रूपमा अलग रहँदै आएका छन्।

गोलाप्रथा लागू हुनुभन्दा केही दिनअघि उनी कोरोना संक्रमित भएर सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना भएका थिए। उनी मंसिर १३ मा अस्पताल भर्ना भएर १७ गते डिस्चार्ज भएका थिए। तर, अस्पताल हुँदा कसैलाई पनि कायममुकायमको जिम्मेवारी नदिएपछि मंसिर १५ गतेदेखि लागू गर्ने भनिएको गोलाप्रथा विवादमा परेको थियो। तर, उनी डिस्चार्ज भएपछि यो विवाद समाप्त भयो।

Ncell 2
Ncell 2

त्यसपछि केही दिन बालुवाटार निवासमा आराम गरेर सर्वोच्च आउन थालेका राणाको सहकर्मी न्यायाधीशहरूसँग भेटघाट र छलफल भने हुँदैन। एक न्यायाधीशका अनुसार राणा आएको र गएको अन्य न्यायाधीशले थाहा नै पाउँदैनन्।

सर्वोच्चमा लागू गोलाप्रथा उच्च र जिल्ला अदालतमा पनि लागू हुनुपर्ने आवाज उठेपछि राणाले केही दिनअघि फुलकोर्ट बैठक बोलाएका थिए। तर, उक्त बैठकमा उनी आफू सहभागी भएनन्। अन्य न्यायाधीशले ती अदालतमा माघ २ गतेदेखि गोलाप्रथा लागू गर्ने र त्यसका लागि आवश्यक नियमावली संशोधनलगायत काम गर्ने निर्णय ग¥यो। राणाले उक्त निर्र्णयमा पछि हस्ताक्षर गरे।

हरेक दिन चिया समयमा प्रधानन्यायाधीशको चेम्बरमा सबै न्यायाधीश जम्मा हुने र सामूहिक रूपमा चिया खाने सर्वोच्चको परम्परा थियो। राणा प्रधानन्यायाधीश भएर आएपछि पनि यसलाई निरन्तरता दिएका थिए। तर, अहिले राणाको च्याम्बरमा कोही पनि न्यायाधीश जाने गरेका छैनन्।

अलमलिएको हो त बार?
नेपाल बार एशोसियनसले प्रधान न्यायाधीशमाथि नैतिकता र उनको कार्यसम्पादनमा प्रश्न उठाउँदै विभिन्न राजनीतिक दलका नेतालाई १७ बुँदे ‘आरोपपत्र’ बुझाएको थियो। बार पदाधिकारीले सत्तापक्षका नेता मात्र नभइ प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पनि उक्त पत्र बुझाएका थिए। तर, दलहरुले राणाविरुद्ध कुनै कदम चाल्ने निर्णय गरेका छैनन्। बारले आन्दोलन भने जारी राखेको छ।

बार अहिले चौँथो चरणको आन्दोलनमा छ। यो चरणमा बारले सर्वोच्च परिसरमा धर्ना दिने गरेको छ। आन्दोलन जारी रहँदा दलहरुको महाधिवेशन शुरु भएकोले कतिपय बार कार्यसमितिका कानुन व्यवसायी त्यतै व्यस्त भए। त्यहीकारण आन्दोलनका थप कार्यक्रम घोषणा नगरिएको बार पदाधिकारी बताउँछन्।

गएको शुक्रबार आन्दोलनको रणनीति बनाउन बार कार्यसमिति बैठक बसेको थियो। कार्यसमितिमा सदस्यले आफ्नो विचार राखिनसकेकाले बैठक पुस ८ मा फेरि बस्ने गरी स्थगित भएको छ। यो बैठकबाट बारको राष्ट्रिय सम्मेलनको तयारीको पनि टुंगो लाग्ने एक पदाधिकारीले बताए।

बारले यसअघि पोखरामा आफ्नो राष्ट्रिय सम्मेलन गर्ने जनाएको थियो। तर, सर्वोच्चमा विकास भएको घटनाक्रमका कारण उक्त सम्मेलन काठमाडौमा सार्ने तयारी गरिएको छ। बारको शुक्रबारको बैठकमा पनि कार्यसमितिका सदस्यहरूले सर्वोच्च अदालत केन्द्रित भएर चलिरहेको अन्दोलन, भावी रणनीति र राष्ट्रिय सम्मेलनबारे धारणा राखेका थिए। बैठकमा उपाध्यक्ष उमेश विष्टसहित केही सदस्यले धारणा राखेको जनाइएको छ।

कार्यसमितिका सबैको धारणा आएपछि बारले सल्लाहकार समितिको बैठक राखेर आन्दोलन र राष्ट्रिय सम्मेलनबारे निर्णय गर्ने तयारी छ। बारका महासचिव लिलामणि पौडेलले सर्वोच्च केन्द्रित आन्दोलन र राष्ट्रिय सम्मेलनलगायत विषयमा कार्यसमिति र अन्य बैठकपछि निष्कर्षमा पुग्ने बताए। चौथो चरणको आन्दोलन भने निरन्तर चल्ने उनको भनाइ छ। ‘बार अहिले पनि आन्दोलनमै छ। प्रधानन्यायाधीश राणाले राजीनामा दिएर अदालतलाई निकास दिनुपर्ने कुरामा हामी अडिग छौँ,’ पौडेलले भने, ‘सार्वजनिक आरोप लागेको प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत नचल्ने र उनले दिने निकाससँगै सुधारका कार्यको थालनी पनि गर्नुपर्ने हाम्रो माग छ।’

‘बार नैतिक रूपमा विजयी’
बारको आन्दोलनले नैतिक रुपमा जित हात पारिसकेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको दाबी छ। ‘गोलाप्रथा लागू भएपछि प्रधानन्यायाधीशलाई मुद्दामा चलखेल गर्न रोकी अलग गर्न हामी सफल भएका छौँ,’ उनले भने ‘आफूमाथि यत्रो सार्वजनिक आरोप लागेको, नैतिक रूपमा सबै अधिकार खोसिएको अवस्थामा पनि अदालत आउनु अनि हाजिर गरेर फर्कनु प्रधानन्यायाधीशको नैतिकताले दिँदैन।’

गोला प्रथाबाट पेसी तोकिनु, सहकर्मी न्यायाधीशले इजलास सेयर नगर्ने निर्णय गर्नु, प्रधानन्यायाधीशको हैसियतमा गोला नै तान्न नपाउनु र  न्याय परिषद् बैठक बोलाउन नसक्नु जस्ता कारणले राणा नैतिक रूपमा पराजित भएको र पदमा बस्न नमिल्ने शाक्य बताउँछन्।

बारले प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनको विषय अन्तर्राष्ट्रिय निकाय र मञ्चहरूसम्म पु¥याउन थालेको छ। बारले आफू संलग्न भएका अन्तर्राष्ट्रिय निकायहरूलाई आन्दोलनबारे जानकारी दिन थालेको हो। सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन गरी कानुन व्यवसायीमाथि भएको दमनबारे अन्तराष्ट्रिय कानुन व्यवसायीहरुको संस्थालगायत ह्युमन राइट वाच तथा ‘इन्टरनेशनल कमिसन अफ जुरिस्ट’मा जानकारी दिइएको छ। त्यसैगरी, संयुक्त राष्ट्र संघको मानव अधिकार एकाइलाई समेत अनुगमनका लागि ध्यानाकर्षण गराउने प्रक्रिया शुरु भएको नेपाल बारका एक पदाधिकारीले बताए।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
पृथ्वी राजमार्गको नागढुंगा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म आवागमन बन... सोमबार, मंसिर २२, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी... सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको हो । आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
पृथ्वी राजमार्गको नागढुंगा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सोमबार, मंसिर २२, २०८२
एनपिएल : आज विश्राम, कुनै खेल नहुने सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्