काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ।
प्रधानमन्त्री देउवाले एमसीसी लगायतका विषयमा छलफल गर्न आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन्। तर, एमालेले भने उक्त बैठकमा सहभागी नहुने जनाएको छ।
नेकपा एकीकृत समाजवादी समेतलाई बैठकमा बोलाइएपछि एमालेले बैठमा सहभागी नहुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
यसअघिका बैठकमा पनि एमाले अनुपस्थित हुँदै आएको छ। एमालेले एकीकृत समाजवादीको दल दर्तालाई अवैध भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।