फाइल तस्बिर।
काठमाडौं– खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्चीको खानेपानी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताएका हुन्।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकालभित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए।
मन्त्री चौधरीले भने, ‘मैले एउटा उद्देश्य पक्कै लिएको छु। आज मेलम्चीको खानेपानी काठमाडौंबासीले खाइरहनु भएको हुनेथियो। तर, बाढीपहिरोको कारणले बन्द भएको छ। अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउँछु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’
मन्त्री चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।