• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

नेताहरूको अभिव्यक्तिले सेयर बजारमा साँच्चै असर गर्छ ?

64x64
सुमित्रा कार्की शुक्रबार, पुस २, २०७८  १६:५५
1140x725

काठमाडौं– केही दिन यता सेयर बजारलाई ठूला राजनीतिक दलका शीर्ष नेताले जुहारी खेल्ने विषय बनाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा बोलिदिएपछि सेयर बजार खस्किएको कतिपयको आरोप छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले त्यही विषयलाई लिएर प्रचण्डमाथि घोचपेच गरेका छन्।

गएको मंसिर २५ गते माओवादी केन्द्रको प्रदेशहरूको अधिवेशन उद्घाटन गर्दै प्रचण्डले सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ बताएका थिए। उनले यसलाई ‘साम्राज्यवादको विकसित रूप’ भनेका थिए।

त्यसको चार दिनपछि मंसिर २९ गते एमालेले मनोनीत गरेका ४४ जना केन्द्रीय सदस्यलाई सपथ गराउने कार्यक्रममा ओलीले प्रचण्डमाथि ‘सेयर कारोबारीबाट चन्दा नपाएको रिसमा जथाभावी बोलेको’ आरोप लगाए। सेयर बजार डुबाउनकै लागि प्रचण्डले त्यसरी बोलेको ओलीको आरोप थियो।

दुई शीर्ष नेताले टिप्पणी गर्नुअघि नै सेयर बजार तल झर्न थालिसकेको थियो। तर, प्रचण्डको सार्वजनिक अभिव्यक्तिपछि सेयर बजार तीव्र गतिमा खस्किएको लगानीकर्ताको आरोप छ। पछिल्लो समय सेयर बजार परिसूचक नेप्से घटेर २३०० को लाइनमा ओर्लिएको छ। साताको अन्तिम दिन बिहीबार (पुस १) नेप्से २३७६.७४ विन्दुमा झरेर बन्द भयो।

सेयर बजारबारे प्रचण्डले किन बोले?
शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठन भएपछि लगानीकर्ताले सेयर बजार बढ्ने अपेक्षा गरेका थिए। तर, अपेक्षाविपरीत सेयर बजार उकालो लागेन। बरु, पछिल्लो समय निरन्तर ओरालो लाग्न थालेपछि केही लगानीकर्ताले सेयर बजार सुधारको पहल गरिदिन माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका थिए।

उनीहरूले चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा सीडी रेसियो र सेयर धितो कर्जामा ४–१२ को क्याप परिमार्जन गर्न माग गरेका थिए। अर्थात्, एक व्यक्ति वा संस्थाले सेयर धितो राखेर एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्था परिवर्तन गरेर सीमा बढाउनु पर्ने उनीहरूको माग थियो।

तर, राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा धितो कर्जाको क्याप यथावत् राखेपछि केही लगानीकर्ताले सामाजिक सञ्जालमा ‘सेयर बजार विरोधीलाई नो भोट’ अभियान चलाए। उनीहरूले यो अभियानमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गरेर सामाजिक सञ्जालमा स्टेटस राख्ने गरेका थिए।

यही कारण प्रचण्डले पार्टीको प्रदेश अधिवेशनमा पुँजी बजारसम्बन्धी नकारात्मक टिप्पणी गरेका थिए। उनले उद्योग र उत्पादन क्षेत्रमा लगानी हुन छाडेर पुँजीबजारमा लगानी हुनु ‘साम्राज्यवादको विकसित रूप’ भएको बताएका थिए। पुँजीको लगानी पुँजीमै हुनु दु:खद् भएको प्रचण्डको भनाइ थियो। एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर अब भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै उनले यो विषय पार्टीको दस्तावेजमा नै समावेश गराउने बताएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

‘पहिले–पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको थियो। तर, अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको छ,’ उनले भनेका थिए। विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु जरुरी भएको उनको भनाइ थियो। यो समस्या लेनिन र माओले राम्रोसँग देख्न र अध्ययन गर्न नपाएको कारण अब वित्तीय एकाधिकार पुँजीवाद र यसको चरित्रबारे अध्ययन गर्ने र त्यसलाई पराजित गर्ने जिम्मा आफूहरूको काँधमा आएको प्रचण्डले बताएका थिए।

प्रचण्डविरुद्ध ओलीको कटाक्ष– लेनिन भन्दा बाठो!
सेयर बजारबारे प्रचण्डको अभिव्यक्तिले विवाद निम्त्याएकै बेला एमाले अध्यक्ष ओलीले उनलाई कटाक्ष गरे। प्रचण्ड लेनिनभन्दा पनि बाठो भएर सेयर बजारबारे बोलेको टिप्पणी ओलीको थियो। ‘लेनिनले पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले साम्रज्यवादको विकसित रुप सेयर बजार हो भनिदिए। यो गलत छ,’ एमालेका मनोनीत केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा भनेका थिए।

प्रचण्डको अभिव्यक्तिका कारण सेयर बजार धराशायी भएको ओलीको आरोप थियो। ‘सेयर बजारले जनताको जीवनमा कति असर हुन्छ? लगानीकर्ताको अवस्था कस्तो हुन्छ? तिनीहरुको आर्थिक स्थिति कस्तो हुन्छ? यसको केही मतलब छैन,’ ओलीले भनेका थिए, ‘कुन सेयर कारोबारीले चन्दा दिएन, बोलिदिए। चन्दा नदिए ध्वस्त बनाइदिन्छु भनेर भाषण ठोक्दिए। नरहे बाँस, नबजे बाँसुरी।’

साना लगानीकर्ताको पक्षमा छु– प्रचण्ड
प्रचण्ड र ओलीको जुहारी यतिमै रोकिएन। ओलीले ‘चन्दा नदिएपछि सेयर बजारबारे बोलेको’ आरोप लगाएपछि प्रचण्डले विज्ञप्ति निकालेर त्यसको खण्डन गरे। उनले ओलीलाई ‘झूटको खेती नगर्न’ विज्ञप्तिमार्फत चेतावनी दिए। विज्ञप्तिमा सेयर बजारका लगानीकर्तालाई भ्रमित नहुनसमेत प्रचण्डले आग्रह गरेका छन्। ‘हाम्रो पार्टी र म लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको प्रष्ट पार्न चाहन्छु। दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु,’ प्रचण्डले विज्ञप्तिमा भनेका छन्।  

त्यसो त, ओलीको कटाक्ष आउनुअघि नै प्रचण्डले स्वकीय सचिव रमेश मल्लमार्फत आफ्नो अभिव्यक्ति सच्याउने प्रयास गरेका थिए। सेयर बजार विरोधी अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि मंसिर २७ गते मल्लले पार्टी अध्यक्षको अभिव्यक्ति सैद्धान्तिक रूपमा ठीक भएको, तर, साना लगानीकर्ताको हित संरक्षणका लागि नेकपा माओवादी केन्द्र र प्रचण्डले प्रतिबद्धता जनाएको बताएका थिए। साना लगानीकर्ताको लगानी सुरक्षाका लागि पार्टीले सचेत पहल गर्न अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाएकाले यसलाई राजनीतिक मुद्दा नबनाउन पनि मल्लले आग्रह गरेका थिए।

बुझेर बोल्न विज्ञहरूको सुझाव
प्रचण्डको अभिव्यक्तिले सेयर बजारमा यो हप्ता व्यापक उत्तरचढाव आएको लगानीकर्ताहरू बताउँछन्। उनको अभिव्यक्तिपछि आइतबार र सोमबार सेयर बजारमा भारी गिरावट आयो। सेयर बजार आइतबार ८८.७० र सोमबार ७९.२३ अंकले घट्यो। त्यसपछि लगानीकर्ताले प्रचण्डको विरोध गर्न थालेका थिए।

लगानीकर्ताको विरोधपछि प्रचण्डले आफुले सेयर बजार हतोत्साही बनाउन नखोजेको अभिव्यक्ति दिए। त्यसलगत्तै मंगलबार सेयर बजार कारोबार सुरु भएको केही घण्टामा नै सकारात्मक सर्किट लागेर बन्द भयो। मंगलबार सेयर बजार १३७.१८ अंकले बढेर २४१८.८५ विन्दुमा उक्लियो। कारोबार खुलेको चार घण्टा नबित्दै ६.०१ प्रतिशतले बढेपछि त्यो दिन सेयर बजार बन्द गरिएको थियो।

तर, बजारको त्यो यात्राले निरन्तरता पाएन। बुधबार ४.२३ अंकले घटेर २११४.६२ विन्दुमा ओर्लियो। साताको अन्तिम दिन बिहीबार अझ ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेको छ। यो हप्ता सेयर बजार समग्रमा ७३.२३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

पूर्वअर्थसचिव रामेश्वर खनालले भने प्रचण्ड र ओलीको अभिव्यक्तिका कारण मात्र सेयर बजार नघटेको बताए। ‘सेयर बजार बुझेको मान्छेले बोलेको भए पक्कै असर हुन्थ्यो। नेपाल धितोपत्र बोर्डको अध्यक्ष, नेपाल स्टक एक्सचेन्जको कार्यकारी अधिकृत वा राष्ट्र बैंक र अर्थमन्त्रालयका कर्मचारी कसैले यो विषयमा बोलेको भए सेयर बजारलाई असर गर्ने थियो,’ उनी भन्छन्, ‘तर, नेपालका सेयर लगानीकर्ता नेताहरुसँग डराउँछन्। उनीहरुको मनोविज्ञान यो पार्टीको सरकार आयो भने बढ्छ र यो पार्टीको नेता गयो भने घट्छ भन्ने छ। यसकारण सेयर बजारमा नेताको बोलीको असर देखिन्छ।’

अहिले भने नेताको बोलीको असर नभइ लगानीकर्ताले ‘ओभर रियाक्ट’ गरेको उनले बताए। सेयर बजारलाई ‘अनुत्पादक क्षेत्र’ भन्नु नै यसलाई नबुझ्नुको प्रमाण रहेको उनको भनाइ छ। खनाल भन्छन्, ‘सेयर बजारमा भएको लगानी विभिन्न विकासको काम गर्ने कम्पनीमा भएको लगानी हो। आर्थिक गतिविधिमा जाने रकम हो। कुनै एउटा हाइड्रोपावरलाई उदाहरण मान्दा उक्त कम्पनीले सर्वसाधारणलाई गरेको सेयर निष्कासनबाट लगानी जम्मा गरेर आफ्नो योजना सफल बनाएको हुन्छ। त्यस्तो रकमलाई कसरी उत्पादन नहुने क्षेत्रमा गएको भन्न मिल्छ?’

सेयर बजार देशको अर्थतन्त्र हेर्ने ऐना भएको खनालको भनाइ छ। यो क्षेत्र सर्वसाधारणको थारै-थोरै पुँजीको जोहो गर्ने ठाउँ पनि भएका कारण यसबारे नबुझी बोल्दा आर्थिक क्षेत्रमा ठूलो क्षति गर्ने उनको भनाइ छ।

अर्का एक पूर्वसचिवले प्रचण्ड र ओलीले सेयर बजारबारे बुझ्दै नबुझी बोलेको बताए। उनले भने, ‘प्रचण्डले सेयर बजारका जानकारसँग केही जानकारी लिएर बोलेका छन्। तर, कुरा नबुझेको कारण मिलाएर भन्न जानेनन्। अनि, पछि बोलिसकेको विषय सच्याउन विज्ञप्ति निकाले। ओलीले भने प्रचण्डलाई तल देखाउन सेयर बजारबारे बोलेका हुन्।’

सेयर बजार संवेदनशील क्षेत्र भएकोले शीर्ष राजनीतिक तहबाट जथाभावी टिप्पणी गर्न नहुने यसका जानकारहरू बताउँछन्। कतिपय लगानीकर्ताले त नेताहरू नै सेयर बजार घटाउन लागिपरेको आरोप पनि लगाउने गरेका छन्। यसलाई अनुत्पादक क्षेत्र भन्दै भाषणबाजी गर्दा देशको आर्थिक प्रणालीमा असर पर्ने उनीहरूको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
निरन्तर एक सातादेखि अमेरिकी डलरको मूल्य स्थिर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैय... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सुनसरी-सिरहा घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्