काठमाडौं– नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ। एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको हो।
एमालेमा समग्र पार्टीको अध्यक्षता केपी शर्मा ओलीले गर्नेछन् भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा पाएका छन्।
एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजनको जिम्मा पाएकी छन्।
अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाउँदा महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने जिम्मा पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।