काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैरआवासीय नेपाली संघका पदाधिकारीसँग गृहमन्त्रालयमा बिहिबार भएको छलफलमा खाणले नेपालका नागरिकहरूले भोग्नु परिरहेको समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताए।
उनले नागरिकताको समस्या, ‘डलर एकाउन्ट’, विदेशी लगानी गैह्र आवासीय नेपालीमार्फत नेपाल भित्र्याउने, अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेलिकेटेट डेस्क’ स्थापना, श्रम सम्झौता नभएका मुलुकमा श्रम सम्झौता गर्ने लगायतका विषय समाधान गर्न सरकार सकारात्मक रहेको बताए।
छलफलमै रहेका गृहसचिव टेकनारायण पाण्डेलाई गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको समस्या समस्या अविलम्ब समाधान गर्न दिर्नेशन दिए। ‘अन्तर्राष्ट्रिय विमालस्थलमा धेरै समस्या देखिएको छ, त्यसलाई अविलम्ब सुधार गर्नुहोला,’ गृहमन्त्री खाणले सचिव पाण्डेलाई निर्देशन दिँदै भने।
विमानस्थलमा रहने अध्यागमन, सुरक्षा, भन्सार र वातावरणसम्बन्धित मन्त्रीहरूको बैठक राख्न पनि सचिव पाण्डेलाई गृहमन्त्री खाणले निर्देशन दिए।
त्यस्तै, गृहमन्त्री खाणले गैरआवासीय नागरिकका लागि अस्पताल निर्माण गर्ने जग्गा खोज्न काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गर्न पनि सचिव पाण्डेलाई निर्देशन दिए। छलफलमा सहभागीहरूले अन्य विषयगत अस्पतालजस्तै एनआरएनएहरूका लागि पनि अस्पताल खोल्ने व्यवस्था गर्ने पहल गरिदिन आग्रह गरेका थिए। त्यसपछि गृहमन्त्री खाणले पहिला जग्गा भेटिएपछि सरकारले केही पैसा लगानी गर्न सक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।