काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेमा केपी शर्मा ओलीसामु समपर्ण गरेको ठहरिने बताएका छन्। नेता पौडेलले एक विज्ञप्ति जारी गर्दै देशलाई निकास दिने भन्दै गठन भएको सरकारले पनि पुरानै गतिविधि गर्न नहुने बताएका हुन्।
‘वर्तमान सरकार संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने एमाले अध्यक्ष ओलीको नियतिका सामु समर्पण गरेको ठहरिनेछ,’ उनले भनेका छन्।
६ महिनाभित्र दुइपटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने प्रयास गरेको उनको भनाइ छ। एमाले अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयासमा लागेको आरोप समेत उनले लगाए।
देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भइरहेकोसमेत उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।