काठमाडौं– पछिल्लो केही समययता निरन्तर ओरोलो लागेको सेयर बजार आज सकारात्मक सर्किट लागेर बन्द भएको छ। आज नेप्से परिसूचक १ बजेर २६ मिनेट २४ सेकेन्डमा ६.०१ प्रतिशतले बढेर बन्द भएको हो।
आज नेप्से सूचक १३७.१८ अंकले २४१८.८५ बिन्दुमा पुगेको छ। पहिलो पटक २ घण्टा नपुग्दै पुँजीबजार मापक नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो।
यस्तै, आज सेन्सेटिभ परिसूचक पनि ५.१५ प्रतिशतले बढेको छ।
आज २२० कम्पनीको सेयर कारोबार भएकोमा ३९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।