• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

प्रचण्डको अभिव्यक्तिले सेयर बजारमा तरङ्‍ग : सामाजिक सञ्जालमा लगानीकर्ताको आक्रोश

64x64
सुमित्रा कार्की सोमबार, मंसिर २७, २०७८  १८:०७
1140x725

काठमाडौं- म्रौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापश्चात् निरन्तर ओरालो लागेको पुँजीबजारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भाषणले अर्को तरङ्‍ग ल्याएको छ। प्रचण्डले शनिबार माओवादी केन्द्रको प्रदेश सम्मेलन उद्घाटन गर्ने क्रममा व्यक्त गरेको अभिव्यक्तिले लगातार घटिरहेको सेयर बजारमा थप पहिरो ल्याएको हो।

पूर्वप्रधानमन्त्री एवं वर्तमान सत्ता गठबन्धनको दोस्रो ठूलो दलका नेताको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि लगानीकर्ता थप हतोत्साही बनेका छन्। प्रचण्डको अभिव्यक्तिपछिको पहिलो कारोबार दिन आइतबार पुँजीबजार मापक परिसूचक 'नेप्से' ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको थियो।

दोस्रो कारोबार दिन सोमबार (आज) पनि सेयर बजार सोही दिशामा अगाडि बढ्यो। सोमबार नेप्से प्रि-ओपन सेसनबाटै नै घट्न थालेको थियो। प्रि-ओपन सेसनमा ९.३१ अंकले घटेको नेप्से कारोबार बन्द हुँदासम्म ७९.२३ अंकले ओरालो लागेर २२२१.६७ विन्दुमा रोकिएको छ। 

यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा ४/१२ को क्याप (कुनै व्यक्ति वा संस्थाले सेयर धितो राखेर एक वर्षभित्र एउटा बैंकबाट चार करोड रुपैयाँ र सबै बैंक तथा वित्तीय संस्थाहरूमा गरेर १२ करोड रूपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था) लागू गरेपछि सेयरबजार ओरालो लाग्न थालेको थियो। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् उक्त व्यवस्था राष्ट्र बैंकले हटाउने अपेक्षा लगानीकर्ताको थियो। उनीहरुले राष्ट्र बैंकलाई उक्त व्यवस्था हटाउन सुझावसमेत दिएका थिए। तर, मौद्रिक नीतिको समीक्षा सार्वजनिक हुँदा सो व्यवस्थामा कुनै परिवर्तन गरिएन। त्यसबाट लगानीकर्ता निराश बनेको प्रमाण लगातार घटिरहेको तथ्याङ्‍कले पुष्टि गरेको छ। 

के भनेका थिए प्रचण्डले?
प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादन क्षेत्रमा हुन छाडेर पुँजीबजारमा लगानी हुनु 'साम्राज्यवादको विकसित रुप' भएको बताएका थिए।

उनले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजीबजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने बताएका थिए। ‘पहिले-पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको थियो। तर, अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको छ,’ उनको भनाइ थियो।

नेपाललगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टाबजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरुमा हुने गरेको प्रचण्डको दाबी छ।  विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु जरुरी भएको उनको भनाइ छ।

लगानीकर्ताको आक्रोश
प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्चाललगायत विभिन्न माध्यममा लगानीकर्ताले चर्को आलोचना गरेका छन्। केही समय अगाडि पुँजीबजार घटाउन राजनीतिक दलहरु नै सक्रिय रहेका कारण यस्ता राजनीतिक दललाई भोट नहाल्ने भन्दै सेयर लगानीकर्ताका संगठनहरुले ‘पुँजीबजार विरोधीलाई चुनावमा नो भोट’ भन्ने अभियान चलाएका थिए। यी लगानीकर्ताले प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आलोचना गर्दै सामाजिक सञ्जाल (फेसबुक) मा आक्रोश व्यक्त गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले फेसबुकमार्फत् प्रचण्डको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेकी छन्। ‘विपक्षले लगाएको दाग माओवादी भनेका पुँजीबजारका लागि अभिसाप नै हुन् भन्ने कुरा पछिल्लो प्रचण्डको अभिव्यक्तिबाट प्रस्ट हुन्छ। कम्युनिस्ट सरकार बनेपछि सेयर बजार झन् घट्छ भन्ने हल्ला फैलाइएको थियो र यो सबै भ्रम हो भन्नेमा म पनि ढुक्क थिएँ। तर, आज म गलत सावित भएकी छु। अतः माओवादी अध्यक्षको यो अभिव्यक्ति उदार अर्थनीतिविरुद्ध छ,’ उनले लेखेकी छन्।

यस्तै, लगानीकर्ता कृष्ण ढुंगाना अनुरागीले फेसबुकमा लेखेका छन्- ‘पुँजीबजारलाई लिएर किन यति धेरै उत्ताउलो अभिव्यक्ति दिन्छन् कामरेडहरुले? चुनाव नजिकिँदै छ कामरेड ख्याल गर। २१औं शताब्दीको पुँजीबजार हो। दूरदराजमा हलो जोत्ने किसान, खाडीमा श्रम बेच्ने श्रमिक, साना व्यवसायी, पेसागत कर्मचारीदेखि थुप्रै निम्न एवं मध्यम वर्गीय जनता पनि अहिले पुँजीबजारसँग प्रत्यक्ष जोडिएका छन्, जो तिम्रा मतदाता पनि हुन्। त्यसैले पुँजीबजारको विरोध गरेर परम्परावादी क्रान्तिकारी बन्न नखोज। त्यसै पनि तिम्रै विरोधीहरुले पुँजीबजार विरोधलाई ‘नो भोट’ अभियान चलाइसकेको अवस्था छ। अहिलेको परिवर्तित अवस्थामा पुँजीबजारलाई कसरी वैज्ञानिक एवं आमलगानीकर्ताको हितमा प्रयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान जाओस्, नकि आमलगानीकर्ताको मनोवल गिर्ने र आफैंप्रतिको जनआस्था भड्किने खालका अभिव्यक्तितर्फ।’

विज्ञको सान्त्वाना
यता सेयर बजारका जानकारहरुले भने कुनै नेताको भाषणले सेयर बजार प्रभावित नहुने भन्दै लगानीकर्तालाई सान्त्वाना दिएका छन्।  नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघले पहिलोपटक गठन गरेको पुँजीबजार फोरमका सभापति अम्बिका पौडेलले आफ्नो फेसबुकमार्फत् लगानीकर्तालाई सान्त्वाना दिँदै लेखेका छन्- ‘लामो यात्रामा कहीँ कतै कसैले अवरोध गर्न खोजे भने यात्रा टुङ्ग्याउनु हुँदैन। अवरोधहरुलाई चिर्दै गन्तव्य पुग्नुपर्दछ। हामी गन्तव्य पुगेका छैनौं। धैर्य गरौं। मैले यो मूल्यमा सके किन्छु तर बिक्री गर्दिनँ।’

यस्तै, सेयर बजारका जानकार दीलिप मुनाकर्मीले पनि अर्काको लहलहैमा लागेर सेयर किनबेच नगर्न आग्रह गरेका छन्। आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्- ‘फलानो नेताले यसो भन्यो र फलानो विज्ञ तथा विश्लेषक, लगानीकर्ताले उसो भन्यो भन्दै लहलहैमा किनबेच गरे सदैव ज्यान र धनको क्षति। अरूले तर्साएर लिने, फकाएर भिडाउने हो। भन्नेले स्वार्थमा भन्ने हुन्। कारोबारीले बजार र लगानीकर्ताले कम्पनीको स्वअध्ययन र जोखिममा ध्यानदिनु मात्रै ज्यान र धनको हितमा।’

उनको यो भनाइबाट कुनै पनि व्यक्तिको अभिव्यक्तिको पछाडि लागेर सेयर खरिद-बिक्री गर्नु सेयर बजारमा जोखिम मोल्नु भएको प्रस्ट हुन्छ। तर, हल्लाको पछि नलाग्न विज्ञहरुले पटक-पटक सचेत गराउँदासमेत लगानीकर्ता प्रभावित हुने क्रम हटेको देखिँदैन। जिम्मेवार नेताहरुबाट पटक-पटक पुँजीबजार लक्षित यस्ता अभिव्यक्ति आइरहनु पनि लगानीकर्ताको हितमा नहुने जानकारहरु बताउँछन्।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो । मंगलबार, असार २, २०८३
८ अंक घट्यो सेयर बजार आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुप... बिहीबार, जेठ २८, २०८३
नेप्से २०.२७ अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति बुधबार, असार ३, २०८३
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल बुधबार, असार ३, २०८३
प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई बुधबार, असार ३, २०८३
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति बुधबार, असार ३, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्