• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

शोभराजमाथि फिल्म बनाउन किन मरिहत्ते गर्छन् निर्माता?

64x64
नेपाल लाइभ शुक्रबार, पुस २, २०७८  ०७:०५
1140x725

काठमाडौं– ‘बिकिनी किलर’को नामले चर्चित रहेका अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज आफ्नो युवा उमेरमा ‘द स्प्लिटिङ्ग किलर’ अर्थात् क्रुर रुपमा हत्या गर्ने अपराधीको रुपमा चर्चित थिए। उनी पक्राउ पर्ने र अनौठो रुपमा जेलबाट भाग्न पनि सफल भएका थिए।

यस्ता क्रुर अपराधी, जो प्रहरी र अनुसन्धानकर्ताहरुको आँखामा धुलो छरेर भाग्न सफल हुन्छ, उनको कथालाई लिएर अन्तर्राष्ट्रिय रुपमा नै फिल्म निर्माताहरुले फिल्म बनाउन सुरु गरे। 

निर्माताहरुले उनको कथालाई आम्दानीको स्रोतको रुपमा लिएर अपराध र जेलबाट भाग्न सफल भएको जीवनका किस्साहरुलाई फिल्ममा प्रस्तुत गरेका छन्। 

केही समयअघि बीबीसीले उत्पादन गरेको वेब सिरिज ‘द सर्पेन्ट’ सार्वजनिक भएपछि शोभराजको चर्चा फेरि चुलिएको थियो। शोभराजलाई केन्द्रमा राखेर निर्माण गरिएका फिल्म वा सिरिज अन्य पनि छन्, जसले बेलाबखत कुख्यात अपराधीलाई फेरि चर्चामा ल्याउँछन्। तीमध्ये केही सार्वजनिक भइसकेका छन् भने केही अझैं प्रदर्शन हुन बाँकी नै छन्। 

यहाँ शोभराजलाई मुलत: विषयवस्तुको रुपमा लिएर बनाइएका वेब सिरिज र केही फिल्महरुको चर्चा गरिएको छ। 

सुरुआतमा हालसालै प्रदर्शन भएको ‘द सर्पेन्ट’कै चर्चा गरौं। यही वर्ष ओटीटी माध्यम ‘नेटफ्लिक्स’मार्फत् वेब सिरिज ‘द सर्पेन्ट’लाई मेममोथ स्क्रिनले निर्माण गरेको थियो, जसको लगानी भने बीबीसीले गरेको थियो। टोम शांखलेन्ड र हेन्स हर्दोट्सले निर्देशन गरेको यो सिरिजलाई रिचर्ड वारलोव र टोली फिन्लेले लेखेका थिए। कोभिड महामारीबीच थाइल्याण्डमा यो सिरिजको पूर्ण रुपमा छायांकन गरिएको थियो। 

यो सिरिजमा ७० को दशकको मध्यतिरको कथालाई देखाइएको छ। सिरिजमा शोभराजले लागुऔषधको प्रयोग गर्नेदेखि थाइल्याण्डको बैङ्कक हुँदै यात्रा गर्ने यात्रुहरुलाई लुट्ने र हत्या गर्ने कथालाई देखाइएको छ। 

यसरी हत्या गरिएका यात्रुहरुको पासपोर्ट प्रयोग गरेर फरक-फरक परिचयमा शोभराज विश्वभर नै यात्रा गरिरहन्छन्। लुटिएका गहनाहरुलाई आफ्नी प्रेमिका मारि आन्द्रे लेक्लेर्कसँग मिलेर बेचिरहेका हुन्छन् उनी। अपराधको शीर्ष विन्दुमा पुगेका उनीमाथि जब नेदरल्याण्ड्सका कुटनीतिज्ञ हर्मन क्निप्पेनबर्गले अनुसन्धान थाल्छन्, तब उनका अपराधका पत्रहरु खुल्दै जान्छन् र क्निप्पेनबर्ग शोभराजसम्म पुग्न सफल हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आठ एपिसोडमा बाँडिएको यो सिरिजमा तहार रहिमले चार्ल्स शोभराजको भूमिका निभाएका छन् भेन जेन्ना कोलमेनले उनकी प्रेमिकाको। नेदरल्याण्ड्सका कुटनीतिज्ञको भूमिकामा देखिनेमा बेलायती अभिनेता विल्ली होव्ले रहेका छन्।

‘द सर्पेन्ट’ प्रदर्शन भएपछि दर्शकले अत्यधिक रुचाएका थिए। अहिले पनि फिल्म तथा सिरिजलाई रेटिङ दिइने साइट ‘आइएमडी बी’मा यसलाई ७.६ रेटिङ दिइएको छ। पटकथादेखि कास्टिङसम्मका कुराहरुमा अब्बल रहेको यो सिरिजमा दृश्यांकन पनि उत्तिकै अब्बल किसिमले प्रस्तुत गरिएको थियो। 

शोभराजमाथि बनेको अर्को चर्चित फिल्म हो ‘मैं औंर चार्ल्स’। २०१५ मा प्रदर्शनमा आएको यो बलिउड फिल्मलाई पर्वल रमनले निर्देशन गरेका थिए। फिल्ममा रणदीप हुड्डा शोभराजको भूमिकामा देखिएका छन्। 

फिल्ममा सन् १९६० देखि सन् १९७० सम्मको कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा भारतीय प्रहरी अधिकारी अमोम कान्ठको दृष्टिकोणबाट देखिएका शोभराजलाई प्रस्तुत गरिएको छ। थाइल्याण्डबाट भारत आएपछि उनको खोजीमा भएका घटनाहरु फिल्ममा छन्। 

Xtrem

Xtrem

बरिष्ठ प्रहरी अधिकृतको रुपमा आमोद कन्ठ जसले शोभराजको मुद्दामा अनुसन्धान गरेका थिए, उनको भुमिकामा आदिल हुसैन रहेका छन्। फिल्मले चार्ल्सको कथालाई प्रभावशाली रुपमा देखाएको भए पनि राम्रो व्यापार गर्न सकेन। 

फिल्मले औसत हिन्दी फिल्मकै रुप लियो। तर, यो फिल्ममा शोभराजको भूमिकामा रहेका रणदीप र उनकी प्रेमिकाको भूमिकामा रहेकी रिचा चड्डाको अभिनयलाई भने प्रशंसा गरिएको थियो। फिल्ममा आदिल हुसैनले प्रहरी अधिकारी अमोद कन्ठको भूमिका निभाएका छन्।

‘शोभराज, अर हाउ टु बी फ्रेन्ड्स विथ द सीरियल किलर’ शोभराजको जीवनमा आधारित रहेर निर्माण भएको वृतचित्र हो। सन् २००४ मा रिलिज भएको यो डकुमेन्ट्रीमा शोभराजको बारेमा जानकारीसँगै उनी २००३ सेप्टेम्बर २२ मा कसरी पक्राउ परेका थिए भन्ने बारेमा पनि खुलासा गरिएको छ। 

फिनल्याण्डका निर्माता जान बेलमैनले यो डकुमेन्ट्री फिल्म बनाएका थिए। यो डकुमेन्ट्रीमा चार्ल्ससँगका अन्तर्वार्तादेखि उनलाई पक्राउ गर्ने प्रहरी अधिकारीसम्मको कुरालाई समेटिएको छ। चार्ल्स शोभराज र उनको आपराधिक दुनियाँको बारेमा बुझन् यो डकुमेन्ट्री निकै फाइदाजनक छ। 

त्यस्तै, शोभराजको जिवनीमा आधारित रहेको वेब सिरिज ‘स्नेक’ अहिलेसम्म प्रदर्शनमा आएको छैन्। फारुख ढोडीले शोभराजमाथि गरेको अुनसन्धान र साक्षात्कारमाथि आधारित रहेर यो सिरिज निर्माण भएको छ। तीन सिजनमा प्रसारण गरिने यो सिरिज हिन्दी र अंग्रेजी भाषामा ओटीटी माध्यम जी ५ मार्फत् रिलिज हुनेछ। 

शोभराजको जीवनमाथि बनेका यी केही प्रमुख फिल्म र सिरिजहरु हुन्। योसँगै १९८९ मा ‘स्याडोज अफ कोब्रा’ नामक टेलिभिजन कार्यक्रम पनि उनको जीवनमा आधारित रहेर निर्माण भएको थियो। बेलायती अभिनेता अरत मलिक यो कार्यक्रममा शोभराजको भूमिकामा देखिएका थिए। कार्यक्रमलाई रिचर्ड नेभेल्ले र जुली क्लर्केले बनाएका थिए।

निर्माता/निर्देशकको सधैंको रोजाईमा पर्छन् शोभराज। एकातिर अपराध र थ्रिलर विद्यामा आधारित फिल्मले व्यावसायिक रुप पनि राम्रोसँग लिनसक्ने हुँदा शोभराज धेरै निर्देशक/निर्माताका लागि पात्र बनेका छन्। 

‘मे और चार्ल्स’ निर्देशन गरेका रमनले आफूले शोभराजमाथि फिल्म बनाउनुको कारण शोभराजले असली दुनियाँमा निर्माण गरेको आफ्नो व्यक्तित्वलाई पर्दामा देखाउने प्रयास भएको बताएका छन्। 

उनले भनेका छन्, ‘उनी एक खतरनाक अपराधी त थिए तर, उनी पढेका थिए। धेरै जान्ने थिए। कानुनको आँखामा मात्रै उनको बाटो खराब थियो। आफ्नो सम्बन्ध र मार्केटिङको शैलीलाई उनले मुख्य हतियार बनाएका थिए। तर, उनको व्यक्तित्वको चित्रण धेरै सिनेमामा राम्रोसँग हुन सकेको छैन। वास्तविक जीवनमा पनि उनले आफ्नो व्यक्तित्वलाई कानुन विपरित नै त प्रयोग गरेका थिए।’

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित]
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी?
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको विवादमा प्रेस काउन्सिल र पत्रकार महासंघबीच तनाव मंगलबार, असोज १३, २०८३
महिलाका संघर्ष र अनुभव समेटिएको ‘सन्धान सङ्ग्रह’को दोस्रो संस्करण सार्वजनिक मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्