• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

64x64
रासस बुधबार, मंसिर २२, २०७८  १०:१९
1140x725

काठमाडौं- कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो। सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन्। अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ। 

पहिले बिरामीको उपचार गर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैँ दक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ।

प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन्। विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो।

विसं २०६८ मा ऐनमार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पु¥याइरहेको छ। प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) को पढाइ सुरु गरेको छ। यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए।

राष्ट्रपतिबाट शिलान्यास

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

यही मङ्सिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्ने उपकुलपति डा रावलले जानकारी दिए। करिब ६८ करोडमा बन्न थालेको शैक्षिक भवन दुईवटा पाँचतले हुनेछ।

कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (विएन) २० र ब्याचलर अफ फार्मेसी (विफार्मेसी) मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ। विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ।

Ncell 2
Ncell 2

यस्तै, प्रतिष्ठानमा नै चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ। बालरोग, एनेस्थेसिया र एमडीको जनरल प्याट्रिक्समा (जिपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत बर्षबाट सञ्चालन भएको प्रतिष्ठानका डिन डा रमेश भट्टराईले जानकारी दिए।

उनका अनुसार अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ।

प्रतिष्ठानमा विशेषज्ञ सेवा

प्रतिष्ठानकै अस्पतालबाट बिरामीलाई विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको छ। प्रतिष्ठानमा अहिले नाम चलेका राम्रा विशेषज्ञ दक्ष चिकित्सकबाट विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको उपकुलपति डा रावलले बताए।

छातीरोग, हाडजोर्नी, न्यूरो, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान र घाँटी, आँखा, छालारोग, दन्त, मेडिसिन, जनरल सर्जरी, क्रिटिकल केयर, मानसिक रोग, फिजियोथेरापीजस्ता विशिष्ट र विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा काम गरेका विशेषज्ञ चिकित्सक, प्राध्यापक अहिले प्रतिष्ठानमा रहेर काम गरिरहेका छन्।

न्यूरोलोजिष्ट डा सुनन्द पौडेल, छातीरोग विशेषज्ञ डा अनुशस्मृति पाल, सघन उपचार विशेषज्ञ डा प्रवीण गिरी रहनुभएको छ।

यस्तै मेसिनबाट पत्थरीको शल्यक्रिया, हाडजोर्नीका ठूलो शल्यक्रियालगायत ठूला शल्यक्रिया कर्णालीको प्रतिष्ठानकै अस्पतालमा हुने गर्दछ। 'हामीले कर्णालीका जनतालाई जुम्लामा नै विशेषज्ञसहितको सबै स्वास्थ्य सेवा पु¥याइरहेका छौं', डा रावलले भने, 'अब हामीले कर्णालीका कुनै नागरिकलाई उपचार गर्न अन्यत्र सिफारिस गर्दैनौँ। हामी सबै सेवा यहीँ दिन्छौँ।'

अहिले प्रतिष्ठानले दैनिक ४०० भन्दा बढी कर्णालीका जनतालाई सेवा उपलब्ध गराइरहेको छ। प्रतिष्ठालले कर्णालीका जनतालाई दुई किसिमले सेवा प्रदान गरिरहेको छ। एक प्रतिष्ठानकै अस्पतालमा बिरामीले उपचार गराइरहेका छन् भने अर्को प्रतिष्ठानले समय–समयमा घुम्ती शिविर राखेर सेवा प्रदान गरिरहेको छ।

'सङ्घीय, प्रदेश र स्थानीय तह सरकारको आग्रहमा हामीले समय–समयमा कर्णालीका जनताका घरमा पुगेर सेवा दिइरहेका छौँ”, उनले भने, “वर्षमा कर्णाली प्रदेशका १३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्दछौँ।'

अहिले अस्पतालमा १२ स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत रहेका छन्। यस्तै प्रतिष्ठानमा करिब ४०० स्वास्थ्यकर्मीसहितका कर्मचारी रहेका छन्। प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूहरुसँग सबै दक्ष विशेषज्ञसहितको चिकित्सक भए पनि उपकरण अभावका कारणले सबै सुविधा दिन नसकेको बताए।

उनले एमआरआई र अन्य उपकरणको अभाव हुँदा कर्णालीका जनतालाई अझ सेवा दिन नसकेको बताए।

पिछडिएको क्षेत्र कर्णालीमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको काम गर्ने भनेर प्रतिष्ठान स्थापना गरिएको हो र अहिले तिनै क्षेत्रमा प्रतिष्ठानले काम गरिरहेको छ।

स्वास्थ्य सूचाङ्कमा प्रगति

कर्णालीमा स्वास्थ्य सेवा पुगेकाले अहिले त्यहाँका मानिसको स्वास्थ्य सूचाङ्कमा पनि प्रगति भएको छ। प्रतिष्ठान स्थापना भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएको हो।

प्रतिष्ठानको स्थापना भएसँगै ९६ प्रतिशत महिलाले गर्भवती जाँच गर्ने गरेको पाइएको छ।

यस्तै ६२.३ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मी प्रसूति सेवा लिने गरेको जनस्वास्थ्यविद् डा माधव चौलागाईँले जानकारी दिए।

जुम्लाका मात्र ८१ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको पाइएको छ। उनले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीको स्वास्थ्यमा सुधार भएको बताए।

उनका अनुसार झाडापखाला लागेर उपचार गर्न नपाएका ९८ प्रतिशत बालबालिकाले उपचार पाएका छन्। यस्तै कर्णालीका ९० प्रतिशत क्षयरोगका बिरामीले उपचार गरेर निको भएका छन्। जनस्वास्थ्यविद् डा चौलागाईँले बच्चालाई खोप, बाल मृत्युदर तथा मातृ मृत्युदर घटेको र संस्थागत सुत्केरी गराउने दर बढेको बताए।

स्वास्थ्य अनुसन्धान केन्द्र

कर्णाली क्षेत्रको स्वास्थ्यको अनुसन्धान गर्नका लागि प्रतिष्ठानको ‘इन्स्च्यिुट रिभ्यू बोर्ड’ गठन गरिएको छ। सो बोर्डले कर्णाली क्षेत्रमा स्वास्थ्यको अध्ययन अनुसन्धान गर्नका लागि अनुमति दिने गर्दछ।

उक्त बोर्डले कर्णाली क्षेत्रको स्वास्थ्यको पनि अध्ययन गर्दछ। यस्तै प्रतिष्ठानले आफैँ पनि जर्नल प्रकाशित गर्ने गरेको छ। कर्णाली क्षेत्रमा विभिन्न व्यक्तिले गरेका खोज, अनुसन्धान र बाहिर गरिएको अनुसन्धानलाई समेटेर चार÷चार महिनामा जर्नल प्रकाशित गर्ने गरेको प्रतिष्ठानका डिन डा भट्टराई जानकारी दिए।

चिकित्सकद्वारा नेपालगञ्ज पुगेर सेवा

कोरोना भाइरसको बेला कर्णालीका चिकित्सकले कर्णालीमा मात्र नभई नेपालगञ्जसम्म नै पुगेर बिरामीको उपचार गरेका थिए।

नेपालगञ्ज कोरोना भाइरसको ‘हटस्पट’ बनेको बेला प्रतिष्ठानका चिकित्सक नेपालगञ्ज आई बिरामीको उपचार गरेका थिए। सघन उपचार विशेषज्ञ डा गिरीको नेतृत्वमा स्वास्थ्यकर्मी आई नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार गरेका थिए। यस्तै रुकुममा डा अनुपमङ्गल समाल, मुगुमा डा सिद्धार्थ खातीले कोरोना महामारीमा उपचार गरेका थियो।

प्रतिष्ठानका उपकुलपति डा रावल कर्णालीमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा प्रतिष्ठानले कर्णालीको जनताको मानव विकास सूचाङ्कमा परिवर्तन गर्न सकिने बताउँछन्।

उपकरण र सुविधाको अभाव

प्रतिष्ठानमा चिकित्सकका लागि राम्रो बस्ने सुविधा छैन। तैपनि चिकित्सकले डेरामा बसेर कर्णालीका जनतालाई सेवा दिइरहेका छन्। यस्तै इन्टरनेट सेवा र विद्युत् सेवाको समस्या पनि जुम्लामा त्यत्तिकै रहेको छ।

विद्युत् नहुँदा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपरेको प्रतिष्ठानका उपकुलपति डा रावलले बताए। यस्तै इन्टरनेटका लागि फाइवर दैलेखसम्म मात्र बिछ्याइएको छ।

जसले गर्दा जुम्लामा राम्रोसँग इन्टरनेट सेवा पुगेको छैन। यस्तै बजेट अभावले चिकित्सकले उपचार गर्नका लागि आवश्यक उपकरणको पनि अभाव रहेको छ। उपकरण उपलब्ध गराउन प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जानकारीसमेत गराइसकेको छ।

चिकित्सक टिकाउन भने गाह्रो

चिकित्सकलाई पर्याप्त सुविधा नहुँदा उनीहरुलाई कर्णालीमै टिकाउन भने समस्या रहेको छ। चिकित्सकका बालबालिकलाई पढाउन राम्रो स्कुल, कलेजलगायत अन्य सुविधा नहँुदा चिकित्सकलाई टिकाउन गाह्रो भएको उपकुलपति डा रावलको भनाइ छ।

अन्य प्रतिष्ठानको भवन संरचना तयार भइसकेपछि सञ्चालनमा आउने गर्दछ। तर कर्णाली प्रतिष्ठान भने भवन बन्दै गरेको अवस्थाबाट नै सञ्चालनमा आएको छ।

अझै भवन बन्न केही समय लाग्छ। अहिले शैक्षिक भवन नबन्दा स्थानीयवासीको घर भाडामा लिएर कक्षा सञ्चालन, प्रयोगशाला र चिकित्सकको आवासीय कक्ष बनाइएको उनी बताउँछन्।

कर्णाली प्रदेशका प्रदेश सांसद नरेश भण्डारीले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा स्वास्थ्य युगको सुरुआत भएको बताए।

उनले प्रतिष्ठान कर्णालीका विकास मोडल भएको भन्दै पिछडिएको क्षेत्रको लागि युगान्तकारी परिवर्तन भएको बताए।

'पहिले नेपालगञ्ज र सुर्खेतमा बिरामी पठाउने कर्णालीले अहिले आएर त्यहाँ चिकित्सक पठाउने भएको छ', उनले भने, 'कर्णालीका जनताले स्वास्थ्य सेवा मात्र पाएका छैनन्। कर्णलीले चिकित्सक पनि उत्पादन गर्न थालेको छ।'

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
इजरायली आक्रमणबाट बेरूतमा ६ जनाको मृत्यु, २४ घाइते बुधबार, चैत ४, २०८२
कैलालीको सामुदायिक वनमा युवक मृत अवस्थामा फेला बुधबार, चैत ४, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बुधबार, चैत ४, २०८२
इरानसँगको युद्धलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा बुधबार, चैत ४, २०८२
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्