काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले भेलाको आयोजना गरेको छ।
पौडेलपक्षको भेला अनुपम फूडल्यान्डमा बुधबार विहान ९ बजेका लागि बोलाइएको हो। भेलामा सहभागी हुन नेताहरु आउने क्रम चलिरहेको छ।
संस्थापनइतरले सभापतिमा साझा उम्मेदवार आज टुंगो लगाउने तयारी गरेको छ।
मंगलबार बसेको संस्थापनइतरको बैठक सहमति नजिक पुगेको भन्दै नेताहरुले आजसम्ममा साझा उम्मेदवार तय हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।