काठमाडौं- सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार भण्डारीसहितको तत्कालीन कार्यसमितिलाई हटाउने निर्णय यथास्थानमा राख्न भनेको हो।
वर्तमान सरकारले केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो। अदालतको अन्तरिम आदेशपछि उनीहरुको पुनर्बहाली हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।