काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायमूर्ति (न्यायाधीशरु) पनि आफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन्। न्यायाधीशहरु निष्पक्ष र न्यायीक मर्यादा भित्र रहनुर्ने ओलीको भनाइ छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाउन सहयोग माग्न आएका नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीको छलपलमा ओलीले न्यायपालिका निष्पक्ष नभएको भन्दै त्यसका लागि पनि आवाज उठाउनुपर्ने बताएका छन्।
'सैद्धान्तिक रुपमा तपाईंहरुको कुरासँग असहमति जनाउनुपर्ने कुरा छैन। न्याय प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार हो। त्यो दिने थलो भनेको सर्वोच्च अदालत हो। संविधान र कानुनअनुसार न्याय दिनुपर्छ, त्यसका लागि उ स्वच्छ र निष्पक्ष हुनुपर्दछ,' ओलीले भने, 'तपाईंहरुको कुरासँग हाम्रो असहमित के छैन भने न्यायलय स्वच्छ र निष्पक्ष हुनुपर्छ। स्वच्छताको कुरा उठाउनु भयो निष्पक्षताको कुरा उठाउनुभएन। आफैं अधिवक्ता पनि भएर हो कि?'
अहिले न्याय ध्वस्त भएको उल्लेख गर्दै ओलीले यस स्थितिबाट न्यायालयलाई साच्चिँकैको स्वतन्त्रत, निष्पक्ष र स्वच्छ बनाउनुपर्ने बताए। 'न्यायालयको मर्मको कुरा भनेको स्वच्छता र निष्पक्षता नै हो। अहिले न्याय ध्वस्त भएको छ। हामी चाहन्छौं यस स्थितिबाट न्यायलयलाई साच्चिँकैको स्वतन्त्रत, निष्पक्ष र स्वच्छ बनाउनुपर्छ,' ओलीले भने।
न्यायालय निष्पक्ष नहुँदा र त्यहाँ न्यायिक मन नहुँदा अहिलेको स्थिति आएको ओलीको भनाइ छ। 'हामीले स्वतन्त्र न्यायलयको निकै कुरा गर्यौं, तर त्यहाँ निष्पक्ष, न्यायीक मन भएन भने अहिलेको अवस्था आयो। केही भन्न बोल्न नपाइने भएपछि अहिलेको स्थिति आयो,' ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।