काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले राणाविरुद्ध महाअभियोग लगाउन संघीय संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको सहयोग मागेको छ।
राणाविरुद्ध महाअभियोग दर्ताका लागि सहयोग गर्न भन्दै बारका पदाधिकारीले मंगलबार एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बारका पदाधिकारीहरु ओलीलाई भेट्न मंगलबार उनको निजी निवास बालकोट पुगेका थिए।
बालकोट पुगेका नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोग बिना महाअभियोग पारित हुन नसक्ने अवस्था रहेकाले महाअभियोग पारितका लागि सहयोग गर्न आग्रह गरिएको बताए।
वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि प्रधानन्यायाधीशविरुद्ध किन आन्दोलनमा उत्रिनु परेको भन्ने विषयमा व्याख्या गर्दै प्रमुख पार्टी भएका हिसाबले एमालेले पनि सहयोग गर्नुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।