काठमाडौं- प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ।
मंगलबार पनि नेपाल बार, सर्वोच्च अदालत बारसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।
बिरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश राणाले राजीनामा नदिइ कानमा तेल हालेर बस्दा न्याय सु-सञ्चालन हुन नसकेको बताए। उनले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरुलाई न्याय नदिने काममा प्रधानन्यायाधीश लागिरहेको आरोप लगाए।
अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश राणाको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गरे।
'प्रधानन्यायधीशले आफ्नो कानमा तेल हालेर राजीनामा नदिइकन बसिराख्नु भएको छ, त्यसले यो लम्बिँदै गइरहेको छ। यसमा हामीले सेवाग्राहीहरुलाई पनि ध्यान दिएर सेवाग्राहीलाई अन्याय पर्न नदिनको लागि, न्याय बेचबिखन हुन नदिनको लागि साँच्चिकै अन्यायमा परेकालाई न्याय दिनको लागि हामीले आन्दोलन गरिरहेका छौँ' उनले भने ,'अब उहाँको बहिर्गमन अवश्यम्भावी छ।न्यायपालिकाको गरिमा राम्रो भएन र न्यायपालिका स्वच्छ भएन, स्वतन्त्र भएन भने राज्यका अरु अंग पनि निकम्बा हुन पुग्दछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।