काठमाडौं– आसन्न महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन्।
मंगलबार बिहान एक कार्यक्रम गर्दै नेता सिंहले सम्पर्क कार्यालय सञ्चालन गरेका हुन्।
उनले सिंहदरबारअगाडि रहेको यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन्।
उनले यही कार्यालयबाट नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले जनाएको छ।
सिंहको सम्पर्क कार्यालय उद्घाटन समारोहमा केन्द्रीय सदस्य राजन केसी, काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठलगायत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।