काठमाडौं– रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते मुसीकोट नगरपालिका– १, घिमानेका ६५ वर्षीय बुदुराम खड्काको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ४० जना घाइते भएका थिए। मुसिकोट नगरपालिका–२ रातामाटामा सोमबार बेलुका जन्ती बोकेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिकाको घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको थियो।
घाइतेमध्ये ५ जना सामान्य उपचारपछि घर फर्किएका छन्। अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक दोजबहादुर भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ।
बस सडकबाट १ सय मिटर तल खसेको थियो। घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।