नेपालगन्ज– नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले राप्ती सोनारी गाउँपालिका–४ स्थित जनशक्ति माध्यामिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन्।
सेतोखरी अनलाइन तथा सद्भाव दैनिकका सम्पादकसमेत रहेका अध्यक्ष भण्डारीले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच करिव ७० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेका हुन्।
खेलकुद सामग्रीहरुमा ‘मिकासा’ कम्पनीको भलिबल ४ थान, फुटबल २ थान, भलिबस नेट २ थान, फुटबल नेट २ थान, ज्याभ्लिन थ्रो २ थान, सटफुट २ थान, रनिङ शिल्ड ड्रेस २५ सेट, लुडो १० थान र डोरी २० थान छन्।
भण्डारीले आफ्नो ब्यक्तिगत खर्चबाट बिद्यालयलाई सामग्री उपलब्ध गराएको बताए। ‘खेलकुद सामग्रीको अभाव भएको भनेर बिद्यालयले आग्रह गरेपछि मैले आफ्नो ब्यक्तिगत तर्फबाट यी सामग्री सहयोग गरेको हुँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।