काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ देउवाले समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा छलफल गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए।
कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।