काठमाडौं- एक इनिङ्समा १० विकेट लिएर इतिहास रच्ने अजाज पटेललाई आफ्नो मोबाइलमा बधाईका सन्देश पढ्न र जवाफ दिन फुर्सद छैन। उनले अब यी सन्देशहरू क्वारेन्टिनमा पढ्ने छन् र त्यसपछि जवाफ दिने छन्। न्यूजिल्याण्डका खेलाडीहरु भारतबाट फर्किएपछि घर जानुअघि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।
भारतविरुद्धको खेलमा इतिहास रचेपछि मिडियासँग कुरा गर्दै पटेलले भने, 'मुम्बई फर्केर वानखडेमा यो गर्न पाउनु धेरै ठूलो उपलब्धि हो। म भगवानलाई धन्यवाद दिन्छु, उहाँले मलाई यो गर्ने मौका दिनुभयो। यो निश्चित रूपमा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, मेरो क्रिकेट करिअरको।'
पटेलले पहिलो दिनको अन्त्यमा चार विकेट लिएका थिए र वानखडे स्टेडियममा राखिएको सम्मान बोर्डमा आफ्नो नाम हेरे। 'म पक्कै पनि यहाँको सम्मान बोर्डमा मेरो नाम हेर्न चाहन्थें। तर, मैले यो आशा गरेकी थिइनँ। यो साँच्चै धेरै विशेष छ। अब मेरो नाम यहाँको सम्मान बोर्डमा पक्कै हुनेछ,' उनले भने।
अनिल कुम्बलेले पनि ट्विट गर्दै पटेललाई यो उपलब्धि हासिल गरेकोमा बधाई दिएका छन्। यसबारे उनले भने, 'मलाई कोटला (दिल्लीमा रहको फिरोजशाह कोटला स्टेडियम)मा उनको प्रदर्शन याद छ। मैले धेरै पटक त्यो इनिङ्सको हाइलाइट देखेको छु। उनीसँग स्पेसल लिस्टमा पर्न पाउनु पक्कै पनि निकै रमाइलो छ। उनको सन्देश देखेर म निकै खुसी भएँ।'
भारतीय मूलका पटेलले कसिलो बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङ थालेको भारत दोस्रो दिन ३२५ रनमा अलआउट भएको थियो। स्पिनर पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर ११९ रन खर्चेर १० विकेट लिए। उनी टेस्टमा १० विकेट लिने तेस्रो खेलाडी हुन्।
यसअघि भारतीय स्पिनर अनिल कुम्बले र इङ्ग्ल्यान्डका जिम लेकरले १०-१० विकेट लिएका थिए। कुम्बलेले पाकिस्तानविरुद्ध दिल्लीमा सन् १९९९ र लेकरले अस्ट्रेलियाविरुद्ध सन् १९५६ मा म्यानचेस्टरमा १० विकेट लिएका थिए।
१० विकेटको यो यात्रामा मयंक अग्रवाल पटेलको बाटोमा सबैभन्दा ठूलो काँडा सावित भए। अग्रवालले सर्वाधिक १५० रनको योगदान दिए। उनले ३११ बलमा १७ चौका र ४ छक्का प्रहार गरे।
पटेलले भन्छन्, 'यस पिच र परिस्थितिमा १५० भन्दा बढी रन बनाउनु निकै चुनौतीपूर्ण छ। तर, मैले राम्रो डेलिभर गरेर चुनौती उनलाई दिइरहेँ। ब्याट्सम्यानको रूपमा उनको काम हरेक बललाई ट्याकल गर्ने हो भने मेरो काम राम्रो बलिङ गर्नु हो। यो लामो सङ्घर्ष थियो। उसले विशेष इनिङ्स खेले। तर, अन्तमा म उनको विकेट लिन सफल भएँ। यद्यपि, मलाई धेरै मेहनत गर्नुपर्यो।'
१०औं विकेट लिनुअघि उनी अलि नर्भस देखिन्थे। विशेषगरी अन्तिम विकेट र क्याचको समयमा। उनले भने, 'रचिन (रविन्द्र) बल मुनि थिए, तर पनि म केही सेकेन्डको लागि नर्भस थिएँ। किनभने, बल हावामा घुमिरहेको थियो। तर, रचिनले क्याच गरें। मैले नील वाग्नरलाई यो बारेमा पनि भनेँ। यो अविश्वसनीय थियो। मुम्बईमा त्यो गर्न पाउँदा म भाग्यमानी छु। यो मेरो लागि सबैभन्दा ठूलो दिन हो र यो सधैं रहनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।