काठमाडौं- सरकारले नियुक्तिको सिफारिस गरेका विभिन्न देशका राजदूतहरुको आज संसदीय सुनुवाइ हुने भएको छ।
बिहान ११ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा संसदीय सुनुवाइ हुन लागेको हो। सरकारले केही समय अघि बेलायत, अमेरिका, भारतमा नयाँ राजदूत नियुक्तिको सिफारिस गरेको थियो।
ती राजदूतहरुमाथी परेको उजुरी लगायतका विषयमा सम्बन्धीत उजुरकर्तासँग छलफलपछि आजै प्रस्तावित राजदूतहरुसँग संसदीय सुनुवाइ समितिमा छलफल हुन लागेको हो।
संसदीय सुनुवाइ समितिबाट निर्णय भएमा ती राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने छिन्। यसअघि मंसिर ५ गते नै सुनुवाइको मिति तोकिए पनि त्यसदिन छलफल हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।