• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग कति सम्भव?

64x64
दुर्गा दुलाल आइतबार, मंसिर १९, २०७८  २०:१०
1140x725

काठमाडौं– गएको शुक्रवार सर्वोच्च अदालत बार एशोसियनसको कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्यद्वय राधेश्याम अधिकारी र रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउन पर्याप्त आधारहरू तयार भएको बताए। उनीहरुको टिप्पणीपछि सत्तारुढ गठबन्धनले राणाविरुद्ध महाभियोग प्रस्ताव तयार गरिरहेको आशंका उत्पन्न भएको छ। अधिकारी नेपाली कांग्रेसका र बिडारी नेकपा माओवादी केन्द्रका सांसद हुन्।

राणाविरुद्ध बारले आन्दोलन थालेको ४० दिन भइसकेको छ। उनीविरुद्ध सर्वोच्चकै अन्य न्यायाधीशले इजलास बहिष्कारसमेत गरिरहेका छन्। यो प्रकरणमा लामो समयसम्म दलहरू मौन रहेको भन्दै आलोचना भइरँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन पुगेर राणाविरुद्ध महाअभियोग लगाउने विषय सत्ता गठबन्धनको साझा धारणाबाट अघि बढ्ने बताए। उनी सत्ता गठबन्धनका एक प्रमुख नेता हुन्।

त्यसअघि नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए। केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको गैरसंवैधानिक विघटन बदर गरेर राणाले लगाएको गुन राजनीतिक दलहरुले नभुल्ने उनको भनाइ थियो। 

तर, वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारी र बिडारीले एउटै मञ्चबाट महाअभियोगको प्रसंग उठाएपछि त्यससम्बन्धी तयारी भइरहेको अनुमान गरिएको छ। सरकारले मंसिर २८ मा संघीय संसदको अधिवेशन बोलाएको छ। भर्खर मात्रै केही अध्यादेश जारी गरेको सरकारले तुरुन्तै संसद अधिवेशन बोलाउँदा महाभियोग लगाउने अनुमान गरिएको हो। प्रचण्डले भने यसलाई ‘नियमित हिउँदे अधिवेशन’ बताएका छन्। उनले महाभियोग दर्ता हुने वा नहुने विषय स्पष्ट बताएका छैनन्।

के छ संविधानमा व्यवस्था?
संविधानको धारा १०१ मा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लाग्नसक्ने व्यवस्था छ। उक्त धारामा ‘संविधान र कानुनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक पदीय कर्तव्य पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको आधारमा प्रधानन्यायाधीशमाथि प्रतिनिधि सभामा तत्काल कायम रहेकामध्ये एकचौथाइ सदस्यले महाअभियोगको प्रस्ताव पेस गर्न सक्ने’ उल्लेख छ । त्यसरी महाअभियोगको प्रस्ताव पेस भएपछि प्रधानन्यायाधीश निलम्बनमा पर्छन्।

संसद्‍बाट महाअभियोग प्रस्ताव पारित भए अख्तियारलगायत राज्यका अन्य निकायले त्यस्तो व्यक्तिको सम्पत्ति छानबिन गर्न र दोषी पाए भ्रष्टाचारमा मुद्दा चलाउन बाटो खुल्छ । 

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका सांसद अधिकारीले राणामाथि महाअभियोग लगाउनुपर्ने तीन कारण उल्लेख गरे। आफू संलग्न मुद्दा आफै हेर्नु, सहकर्मी न्यायाधीशहरू उनीसँग इजलासमा नबस्नु र सर्वोच्च अदालतकै प्रतिवेदनमा समेत पेसी तोक्दा भ्रष्टाचार हुने गरेको उल्लेख हुनु नै महाभियोगका लागि पर्याप्त कारण रहेको उनको दाबी छ।

राष्ट्रिय सभाका अर्का सदस्य एवं वरिष्ठ अधिवक्ता बिडारीले पनि प्रधानन्यायाधीश राणा व्यवस्था नै समाप्त गर्ने ‘गोटी’को रुपमा अघि बढेको आरोप लगाउँदै संसदको अधिवेशनमा यो विषयले प्रवेश पाउने दाबी गरे। महाअभियोगको विषय ११ जनाको समितिमा पुग्ने र महाअभियोगको पक्षमा उभिन ह्विप समेत नलाग्ने भएकाले पारित हुने उनले दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

तर, प्रमुख प्रतिपक्ष नेकपा एमाले भने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने हो भने प्रतिनिधि सभा विघटनको फैसला गर्ने सबै न्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्ने पक्षमा छ। पूर्वमहान्यायाधिवक्ता एवं एमाले केन्द्रीय सदस्य रमेश बडालले आफूहरुले सुरुमा कोहीविरुद्ध महाअभियोग दर्ता नगर्ने र कसैले दर्ता गरे पाँचै न्यायाधीशविरुद्ध दर्ता गर्ने बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सार्वजनिक रुपमा त्यस्तै अभिव्यक्ति दिने गरेका छन्।

नेपाल बार एशोसियसनले सबै राजनीतिक दलहरुलाई राणाविरुद्ध लगाइएको १७ आरोपसहितको ज्ञापन-पत्र बुझाइसकेको छ। 

संसदको अंकगणित : दर्ता र निलम्बन हुन्छ, पारित हुँदैन 
प्रधानन्यायाधीश राणाविरुद्ध सत्ता गठबन्धनले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे राणा निलम्बन हुनेछन्। उनी निलम्बन भए स्वतः वरिष्ठ न्यायाधीश कामु प्रधानन्यायाधीश हुनेछन्। राणाको पदावधि एक वर्षभन्दा बढी छ। तर, सरकारले वैशाखमै निर्वाचन घोषणा गरे महाभियोग अर्को संसद नआएसम्म टुंगो लाग्ने छैन।

अहिलेकै संसदमा राणाविरुद्ध महाअभियोग पारित हुन प्रमुख प्रतिपक्ष एमालेको साथ अनिवार्य छ। हाल प्रतिनिधि सभामा २७१ सांसद कायम छन्। जसमध्ये चार जना निलम्बित छन्। एमालेबाहेक १६८ सांसद प्रतिनिधि सभामा छन्। राणाविरुद्ध महाअभियोग पारित हुन १८१ सांसद आवश्यक हुन्छ। त्यसैले पारित हुन नसक्ने महाअभियोगको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले लिने सम्भावना देखिँदैन। यसअघि कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गर्दा पारित भएको थिएन। उक्त महाअभियोगले राजनीतिक रुपमा कांग्रेसलाई घाटा भएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहिलो महिला प्रधानन्यायाधीश कार्कीविरुद्ध २०७४ वैशाख १७ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। तत्कालीन प्रधानन्यायाधीश कार्कीले कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव रहेको, व्यक्तिगत आशयबाट प्रभावित भई मुद्दा फैसला गर्ने गरेको, न्यायाधीशहरुमाथि फरक–फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको अभियोग लगाएर २५१ सांसदले महाभियोग दर्ता गरेका थिए। उक्त महाअभियोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि संयोगवश चोलेन्द्रशमशेर राणाले नै २०७४ वैशाख २ गते अन्तरिम आदेश जारी गरेका थिए।

‘महाअभियोग आउनुअघि नै निकास खोजौं’
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउने विषय संसदको अधिकार भए पनि उनलाई काम गर्नबाट तत्काल रोक्नुपर्ने बताएका छन्। राणाको विषयमा विवाद भएको र उनका काम सार्वजनिक रुपमा आइसकेकाले अदालतमा न्याय सम्पादन वा प्रशासनिक कार्यमा अब संलग्न गराउन नहुने उनको भनाइ छ। 

‘महाअभियोग प्रस्ताव पेस गरुन्जेलसम्म पनि उनलाई पदमा निरन्तरता दिनु हुँदैन,’ केसीले भने, ‘जोमाथि भ्रष्टाचार र इजलास सेटिङमा संलग्न भएको, सत्तासँग साँठगाँठ गरेको भन्दै सहकर्मी सबै न्यायाधीशले इजलास सेयर गर्न अस्वीकार गरे, नेपाल बारले संस्थागत रूपमा निर्णय गरेर उनको इजलासमा बहस नगर्ने भनेको छ , उसलाई पदमा राखिरहन हुँदैन।’ 

संविधानको धारा १२९(६) मा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था भएको केसीले बताए। उनले भने, ‘कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएको अवस्थामा पुग्न सक्छ, राणा त्यो अवस्थामा पुगेकाले यसको व्याख्या गरिनुपर्छ।’ सर्वोच्च अदालत स्वयंले वा सार्वजनिक सरोकारको रिटमार्फत यसको व्याख्या हुनसक्ने उनले बताए।

वृहत् पूर्ण इजलासले सुनुवाइ गरेर निकास दिनसक्ने केसीको भनाइ छ। राणामाथि यत्रो आरोप लाग्दा पनि राजनीतिक दलहरुले नबोल्नुमा विगतमा उनीहरुले गरेको गल्ती नै कारण रहेको उनी बताउँछन्। विगतमा दलहरुले अदालतसँग ‘केही लिएका’ कारण अहिले बोल्न नसकेको उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  २०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? आफ्नो गिरफ्तारीबारे धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझेमा त्यससम्बन्धी गुनासो राख्ने उप... शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी बैंकले आज एक एड्भाइजरी जारी गर्दै अनलाइन ठगीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानबारे जानकारी गराएको हो। राष्ट्र बैंकको वित्तीय जानका... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्