काठमाडौं- दुई दिनअघि (डिसेम्बर ३)बाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘तडप’ले आशावादी सुरुआत गरेको छ। बलिउडमा चलेका भन्दा फरक र नयाँ अनुहारलाई लिएर बनेको यो फिल्मले प्रदर्शन भएको पहिलो दिनमा नै चार करोड ५० लाख भारतीय रुपैयाँ बराबरको व्यापार गरेको छ।
फिल्म थ्रिलर एक्सन विधामा बनेको छ। शुक्रबार प्रदर्शन भएको फिल्मले पहिलो दिनमा साढे चार करोड र दोस्रो दिन शनिबार पनि सोही हाराहारीको व्यापार गर्दै दुई दिनमा करिब आठ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको हो।
दक्षिण भारतीय फिल्म ‘आर एक्स १००’को हिन्दी रिमेकको रुपमा बनेको यो फिलमलाई मिलन लुथ्रियाले निर्देशन गरेका हुन्।
‘तडप’मा बलिउड अभिनेता सुनिल शेट्टीका छोरा आहान शेट्टीले डेब्यु गरेका छन्। सँगै तारा सुतरिया, सुनिल शेट्टी, स्वाती कपुरको यो फिल्ममा मुख्य भूमिका रहेको छ। ताराको लागि पनि यो फिल्म डेब्यू फिल्म हो।
'फक्स स्टार स्टुडियो’ले निर्माण गरेको यो फिल्ममा साजिद नदियाद्वालाले लगानी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।