काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्।
कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका निधिले विज्ञप्ति निकालेर पुरानो नेतृत्व नयाँ पुस्तामा नेतृत्व जान लागेको सन्देशका रुपमा उनको विजयलाई अर्थ्याएका छन्। ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ,’ निधिले भने।
संघीयता र गणतन्त्रको विपक्षमा रहेको राप्रपामा लिङ्देनको जlतले गणतन्त्र र संविधानको सफल कार्यान्वयनमा सहयोग पुग्ने उनले अपेक्षा राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।