काठमाडौं– भारतसँगको दोस्रो टेस्ट खेलमा न्यूजिल्यान्ड पहिलो इनिङ्समा ६२ रनमा अलआउट भएको छ।
दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङ्समा २१ ओभरमा कुनै विकेट नगुमाइ ६९ रन बनाएको छ। पहिलो इनिङ्समा २ सय ६३ रनको अग्रता लिएको भारत समग्रमा ३ सय ३२ रनले अघि छ।
भारतका ओपनर मयंक अग्रवाल ३८ रनमा अविजित छन्। यता, चेतेश्वर पुजारा २९ रनमा अविजित छन्।
न्यूजिल्यान्ड पहिलो इनिङ्समा २८.१ ओभरमा ६२ रनमा अलआउट भयो। न्यूजिल्यान्डका जेम्स निशम १७ र कप्तान टम लाथम १०रनमा आउट भए। अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए। यता, मोहम्मद शिराजले ३, अक्षर पटेलले २ र जयन्त यादवले १ विकेट लिए।
वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भयो।
भारतका ओपनर मयंक अग्रवालले सर्वाधिक १ सय ५० रनको योगदान दिए। उनले ३ सय ११ बलमा १७ चौका र ४ छक्का प्रहार गरे।
तल्लोक्रमका अक्षर पटेल ५२ रनमा आउट भए। सुभमन गिल ४४ रनमा क्याच आउट भए।
स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई प्रमुख ब्याटरलाई शून्यमा गुमाएको थियो। दोस्रो बलमा चेतेश्वर पुजालाई शून्यमा बोल्ड भए। अन्तिम बलमा विराट कोहली एलबीडब्लू धरापमा परे। श्रेयस ऐरलाई १८ रनमा क्याच आउट गराएका थिए।
स्पिनर अजाज पटेलले १२ मेडनमा १ सय १९ रन खर्चेर १० विकेट लिए। उनी टेस्टमा १० विकेट लिने तेस्रो खेलाडी हुन्।
यसअघि भारतीय स्पिनर अनिल कुम्बले र इंग्ल्यान्डका जिम लेकरले १०–१० विकेट लिएका थिए। कुम्बलेले पाकिस्तानविरुद्ध दिल्लीमा सन् १९९९ र लेकरले अष्ट्रेलियाविरुद्ध सन् १९५६ मा म्यानचेस्टरमा १० विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।