काठमाडौं- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको मतगणना आजै सक्ने तयारी गरिएको छ। प्रदेश सभापतिका उम्मेदवार वीरबहादुर बलायरका अनुसार राति अबेरसम्म मतगणना सम्पन्न गर्ने तयारी भइरहेको बताए।
सुदूरपश्चिम कांग्रेसको अधिवेशनमा कूल १००३ मत खसेको जानकारी दिइएको छ। त्यहाँ मतदाताको सङ्ख्या १०१६ थियो।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवापक्षबाट प्रदेश सभापतिमा बलायर, उपसभापतिमा जनकराज भट्ट , लोकराज अवस्थी, रघुवर भट्ट र हिम रावल, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सहमहामन्त्रीमा गोपाल भट्ट, चिन्तामणी भट्ट र अम्बिका चलाउने उम्मेदवार रहेका छन्।
संस्थापनइतरपक्षबाट सभापतिमा नारायणदत्त मिश्र, उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुरु धामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्टले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।