फाइल तस्बिर
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले केपी ओलीमा संसद् चलेको देख्न नसक्ने समस्या भएको बताएका छन्।
गृहनगर इलाममा बृहत् कार्यकर्ता भेला तथा कमिटी घोषणा कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन्।
‘दुई दुई पटक संसद् विघटन गरे। अहिले संसद् चल्न दिएका छैनन्,’ उनले भने, ‘मैले सुन्दै छु मङ्सिर २८ गते बोलाइएको संसद् बैठक पनि चल्न नदिने भन्ने। उनलाई संसद् चलेको देख्न नसक्ने समस्या भयो।’
जबजलाई मार्गदर्शक सिद्धान्त मान्ने ओलीले संसद् नै चल्न नदिएको उनको भनाइ छ। दुईतिहाइ बहुमत हुँदाहुँदै पनि केपी ओलीले त्यसको कदर गर्न नसकेको उनको भनाइ छ।
ओली तत्कालीन नेकपा हुँदा एकलौटी रुपमा अघि बढेकै कारणले सबै समस्या निम्तिएको खनालले दाबी गरे। ‘दलाल पुँजीपतिहरुको हित गर्नेभन्दा फरक कुनै नीति तथा कार्यक्रम ल्याउन सकेनन्,’ उनले भने, ‘जे जति गरे सबै आफ्ना निम्ति गर्न खोजे। बजेटमा पनि त्यसैअनुसार गए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।