काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बयलगाडा सिद्धान्तवाला अहिले पनि बयलगाडा चढेर हिँडेको बताएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै उनले यस्तो बताएका हुन्।
चितवनमा आयोजित अपाङ्गता सङ्गठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले प्रतिगमनका हुन नदिने सबै आन्दोलित हुनु जरुरी रहेको बताए।
‘अझै खतरा टरेको छैन। कसैले यसलाई उल्ट्याउनसक्ने छैन। त्यसो गर्न हामी दिने पनि छैनौं,’ उनले भने, ‘प्रतिगमन र प्रतिक्रियावादीहरु सलबलाइरहेका छन्।’
उनले अहिले चितवन सबैको नजरमा परेको भन्दै चितवनमा भएको विकास निर्माणलाई देखेर सबै आत्तिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।