चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेले केन्द्र भएको भएर महाधिवेशन चितवनमा गरेको कि प्रचण्ड छ भनेर? आएको भन्दै प्रश्न गरेका छन्।
चितवनमा शनिबार आयोजित एक कार्यक्रममा प्रचण्डले देशका सवै राजनीतिक दलहरु चितवनमा ठूला ठूला कार्यक्रम गर्न चाहिरेहेको बताए।
'अस्ति भर्खरै एउटा महान कुम्भ मेला तपाईंहरुले देखिहाल्नु भयो। मैले उहाँहरुलाई धन्यवाद भनेको छु। चितवनमै आइदिनु भयो,' प्रचण्डले भने, 'उहाँले चितवन केन्द्र भनेर आउनु भा हो कि? चितवनमा प्रचण्ड छ भनेर आउनु भएको हो? जे भनेर आएको भएपनि उहाँ आउनुभयो धन्यवाद।'
एमालेले मंसिर १० देखि १४ गतेसम्म चितवनमा महाधिवेशन गरेको थियो।
प्रचण्डले चितवन र भरतपुरमा विकास राम्रो भएकाले यसलाई बुझ्न आउन सबै दललाई आग्रह गरे। 'सबै दलहरु अब चितवन भरतपुरमै आए नि हुन्छ। प्रचण्डलाई चिन्न र बुझ्न आए पनि हुन्छ। भरतपुर हेर्न आए पनि हुन्छ र भरतपुरकी मेयरलाई भेट्न आए पनि हुन्छ। जनतालाई भेट्न आए पनि हुन्छ' उनले भने।
चितवन केन्द्रमा पनि रहेको र बाटोहरु राम्रो भएको उनले बताए। उद्योग व्यवासय र कृषिमा पनि चितवन अग्रसर भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।